कटारी – आगामी स्थानीय निर्वाचनमा युवा उम्मेदबारहरुको चर्चा चुलिएको छ । विभिन्न राजनीतिक दलहरुबाट युवाहरु उम्मेदबारको आकांक्षी बनिरहेका छन् । यसै सन्दर्भमा नेपाली काँग्रेसबाट कटारी नगरपालिकाको उपमेयर पदको उमेद्वारीमा युवा नेता अस्मित पौडेलले दावी गर्नुभएको छ ।
नेतृत्व युवाको भएमात्रै समृद्ध नगर बनाउन सम्भव हुने बताउँदै पौडेलले पार्टीमा उपमेयरको लागि उमेद्वारीको दावी गर्दै आउनुभएको छ । २८ वर्षका पौडेललाई नेपाली काँग्रेसको १४ वडा समिति मध्ये १२ वडा समितिले उपमेययरमा उम्मेदबार बन्न सिफारिस समेत गरि पठाएको छ ।
संञ्चार क्षेत्रबाट परिचय स्थापित गर्दै काँग्रेस राजनीतिमा सकृय युवा पौडेल कटारीकै पहिलो रेडियो युके एफ एम १०६.८ मेगाहर्जका प्रवन्धक समेत हुनुहुन्छ । उपमेयर पदमा उमेद्वार बन्न दावी गर्दै आउनुभएका पौडेलले पार्टीको निर्देशन र वडा समितिहरुको सिफारिसका कारण पनि आफुलाई पार्टीले उम्मेदबार बनाउनेमा विश्वस्त रहेको बताउनुभयो ।









