उदयपुर । स्थानीय तह निर्वाचन २०७९ को चुनावी अभियानमा शनिबार त्रियुगा नगरपालिका ५ का पूर्व वडाध्यक्ष तथा नेपाली काँग्रेसका क्षेत्रिय सभापति सहित दुई दर्जन कार्यकर्ता नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।
नेपाली काँग्रेसका सक्रिय सदस्य तथा क्षेत्रिय प्रतिनिधि ताराकान्त चौधरी सहित दुई दर्जन काँग्रसी कार्याकर्ता नेकपा एस प्रवेश गरेका हुन् । ताराकान्त चौधरी नेपाली काँग्रेसका पूर्व नगर सभापति पनि हुन् ।

यस्तै पार्टी प्रवेश गर्नेमा राम विलास चौधरी, भूवनेश्वर चौधरी, सुनिल चौधरी, रण कुमार चौधरी, गोविन्द चौधरी, गणेश चौधरी, अजय चौधरी, शिवे चौधरी, शैलेस आचार्य लगायत रहेको नेकपा एसका नगर अध्यक्ष जनार्दन रेग्मीले जानकारी दिए ।

यस्तै देवु सदा, शिनु सदा, इश्वर कुमारी, मदन सदा, शिव संकर सदा, हरानी सदा पनि रहेका छन् । उनीहरु नेका पार्टी परित्याग गरि नेकपा एस प्रवेश गरेका हुन् । उनलाई नेकपा एसका पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयरका उम्मेदबार बलदेव चौधरी, नगर अध्यक्ष जनार्दन रेग्मी लगायतले खादा, अविर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

चुनावी प्रचार प्रसार अभियान त्रियुगा नगरपालिका १, २, ३ र ४ मा सकिएको छ भने वडा नं. ५ र ६ मा शनिबार संचालन हुँदैछ ।

तपाईको प्रतिक्रिया