उदयपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उदयपुरको लिम्चुङबुङ गाउँपालिकाबाट भलराज राईले स्वतन्त्र उम्मेदबार दर्ता गराएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट ६६ मतले अध्यक्षमा पराजित उम्मेदबार हुन् ।
उनले १ हजार २ सय ८१ मत ल्याउँदा विजयी उम्मेदबार मेजर राईले १ हजार ३ सय ४७ मत ल्याएका थिए । उनी तत्कालिन नेकपा एमाले माधव कुमार नेपाल निकट थिए । सर्वोच्च अदालतले नेकपालाई नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टाछुट्टै पार्टीको मान्यता दिएपछि माधव कुमार नेपालले नेकपा एस दर्ता गर्दा उनी नेकपा एमाले तिर फर्किए । उनी नेकपा एमालेबाट टिकटको दावी गरेपनि पछिल्लो चरण एनजिओकर्मी राजकुमार राईलाई अध्यक्षको टिकट दिएपछि विवाद शुरु भएको हो ।
नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी विच गटबन्धन भएर निवर्तमान अध्यक्ष मेजर कुमार राईले अध्यक्षमा उम्मेदबारी दिएको छ ।
लिम्चुङबुङ गाउँपालिकामा होम बहादुर राई, यादव कुमार राई र मन दिप राई अध्यक्षको लागि स्वतन्त्र उम्मेदबार दिएका छन् ।
माओवादी र नेकाको गठबन्धनबाट उपाध्यक्षमा नेकाबाट पुष्पलाल राईले उम्मेदबारी दिएका छन् । उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष नेकाका नेतृ रमिला राईले बागी उम्मेदबार दिएका दिएका छन् । यस्तै समाजवादीलाई वडाहरुमा सहयोग गर्ने भएको छ ।
नेकपा एमालेको उपाध्यक्षमा देव कुमारी कार्कीले उम्मेदबारी दिइएको छ ।
थप समाचार
उदयपुरमा एमालेका १० भाई समूहको उम्मेदबार ‘क्लिनस्वीप’
कटारी नगरपालिकाका निर्वतमान उपमेयरको मेयरमा बागी उम्मेदबारी दर्ता









