उदयपुर । उदयपुरको कटारी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित निर्वतमान उपमेयर भिमकुमारी राउतले मेयरमा बागी उम्मेदवारी दर्ता गरेकी छन् । नेकपा एमाले प्रदेश १ सचिवालय सदस्य समेत रहेकी राउतले पार्टीबाट मेयर र उपमेयर कुनै पदमा टिकट नपाएपछि आइतबार स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेकी हुन् ।

राउतको सर्मथक युवराज कार्कीले पार्टीले नगर प्रमुखको टिकट नदिएपछि स्वतनत्र रुपमा उम्मेदवारी दर्ता गराएको बताए । कार्कीले भने, ‘राउत महिलाबाट मेयर पदको लागि योग्य व्यक्ति हुनुहुन्थ्यो, एमालेले उहाँलाई टिक नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।’

२०७४ सालको स्थानीयत तहको निर्वाचनमा मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) भन्दा ६०८ बढी अर्थात ७ हजार पाँच सय १७ मत प्राप्त गरेकी थिईन् । उनी लोकप्रिय महिला उम्मेदबार हुन् ।

नेकपा एमाले उदपुरले कटारी नगरपालिकामा निर्वतमान मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) लाई मेयर र उपमेयरमा गीता खड्कालाई उम्मेदवारको टिकट दिएको छ । श्रेष्ठलाई टिकट दिएपछि एमाले कटारीमा विवाद सुरू भएको छ ।

निर्वाचन कार्यालय कटारीका निर्वाचन अधिकृत राजकुमार राउतले अनुसार निर्वतमान उपमेयर राउत सहित केदारबहादुर राना मगर र बालकृष्ण थापाले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए । उनले भने, ‘आइतबारसम्म तीन जनाले मेयर पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ, जम्मा उम्मेदवारी दर्ता गराउने संख्या कटारीमा १२ जनाको रहेको छ ।’

तपाईको प्रतिक्रिया