उदयपुर। आसन्न स्थानीय तहको निर्वाचनको लागि उदयपुरमा दुई दलित महिला सदस्य निर्विरोध भएका छिन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं. १ का उम्मेदबार देवकुमारी कामी र रौतामाई गाउँपालिका वडा नं. १ का फुलमाया विक (दियाली) दलित महिला सदस्यमा निर्विरोध भएकी हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए । स्थानीय तह निर्वाचन संचालन नियावलीको नियम १३ को उपनियम (१) अन्तरगत दलित महिला सदस्य निर्वाचित भएको जानकारी दिए ।
लिम्चुङबुङ गाउँपालिका १ की कामी नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी तीन दलिय गठबन्धनकी माओवादी केन्द्रबाट उम्मेदबार बनेकी हुन् । यस्तै फुलमाया एमालेका उम्मेदबार हुन् ।









