गाईघाट । स्थानीय तह निर्वाचनको मनोनयन गर्ने अन्तिम दिन नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको पक्षमा त्रियुगा नगरपालिकामा जनसागर उर्लिको छ ।
त्रियुगा नगरपालिकाको मेयरमा बलदेव चौधरीले आइतबारै साइतमा उम्मेदबारी दिएपनि नेकपा माओवादी केन्द्र विचको गठबन्धनका उपमेयर, वडाध्यक्ष, वडा सदस्य सहितका उम्मेदबारले सोमबार उम्मेदबारी मनोनयन दर्ता गरेको छ ।
सोमबार गठबन्धनको तर्फबाट मेयरका उम्मेदबार बलदेव चौधरी, उपमेयर गीता कुमारी खड्का (कार्की) १६ वटै वडाका वडाध्यक्ष तथा सदस्यहरु सहितको उम्मेदबारहरुको जुलुस काली मन्दिरबाट शुरु र्यालीले नगर परिक्रमा गरी मुख्य निर्वाचन कार्यालय बोक्सेमा पुगेर टुङ्गिएको थियो ।
मनोनयनको क्रममा मेयर र उपमेयरका उम्मेदबार सहित १६ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, प्रस्तावक, समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । मनोनयन र्यालीमा मानव सागर नै उर्लिएको गाईघाट बजारका व्यवसायीहरुले चर्चा शुरु गरेको छ । नेकपा एमाले, नेपाली काँग्रेस भन्दा नेकपा एस र माओवादी केन्द्र गठबन्धनहरुको समर्थकहरु बढी रहेको उनीहरुको विश्लेषण रहेको छ ।
यस्तै नेपाली काँग्रेसले सोमबार विहान ११ र्याली शुरु भएपनि मेयरका उम्मेदबार बसन्त बस्नेत र उपमेयरका उम्मेदबार सरिता राईले उम्मेदबारी दर्ता गरेकी थिईन् । उनीहरुले उम्मेदबारी दर्ता गराई सकेपछि मात्रै उम्मेदबारी मनोनय र्यालीमा सहभागि भएका थिए । काँग्रेसको र्याली बजार परिक्रमा गर्दै मुख्य आँखा अस्पताल हुँदै मुख्य निर्वाचनको कार्यालयसम्म र्याली गरेका थिए । काँग्रेसमा पनि जति उत्साह हुनु पर्ने त्यस्तो देखिएन् ।
नेकपा एमालेले रामजानकी पार्टी प्यालेसबाट र्याली शुरु गरिएपनि विगतका दिनहरुमा भन्दा धेरै कममा र्यालीमा समर्थक सहभागि भएका थिए । र्यालीमा वडाध्यक्ष र वडा सदस्यहरुको र्यालीमा सहभागी भएपनि मेयरका उम्मेदबार भागवत राउत र उपमेयरका उम्मेदबार महेश्वरी राईले साढे ११ बजे नै उम्मेदबारी दर्ता गराएका थिए । मेयर र उपमेयरले उम्मेदबारी दर्ता गराएर दिउँसो १ बजे मात्रै वडाध्यक्ष र वडा सदस्यहरुले उम्मेदबार दिन पुगेका थिए ।

नेकपा एस सहितको संयुक्त गठबन्धनबाट अध्यक्षको नामावली

त्रियुगा नगरपालिकामा नेकपा एस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट ७ र ९ वडाध्यक्ष भाग बण्डा गरेको छ । नेकपा एसबाट ७ र नेकपा माओवादी केन्द्रबाट ९ जनाले वडाध्यक्षमा उम्मेदबारी दिइएको छ ।
त्रियुगा नगरपालिका वडा नं. १ मा सुकुराम चौधरी, वडा नं. २ मा रामश्रेष्ठ चौधरी, वडा नं. ३ मा अवधेश प्रसाद चौधरी, वडा नं. ४ मा सुवराज तामाङ्ग, वडा नं. ५ मा राधा रमन खतिवडा, वडा नं. ६ मा राकेश कुमार चौधरी, वडा नं. ७ मा मनोज कुमार पौडेल, वडा नं. ८ मा कुल बहादुर कटुवाल, वडा नं. ९ मा बद्री प्रसाद गेलाल, वडा नं. १० मा ज्ञानेन्द्र मगर, वडा नं. ११ मा कालीदास राई (किसन), वडा नं. १२ मा नविन कुमार वान्तवा राई, वडा नं. १३ मा पशुपति लेखी, वडा नं. १४ मा हिमराज मगर, वडा नं. १५ मा गणेश प्रसाद तिम्सिना र वडा नं. १६ मा मानबहादुर राई उम्मेदबार रहेका छन् ।

नेपाली काँग्रेसको अध्यक्षको नामावली

नेपाली काँग्रेसले त्रियुगा नगरपालिकामा गठबन्धन नगरेर छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको छ । नेपाली काँग्रेसको त्रियुगा नगरपालिका १ मा मनोज चौधरी, वडा नं. ५ मा उद्धव कुमार थापा, वडा नं. १० मा प्रकाश बस्नेत र वडा नं. १५ मा निर कुमार मगर वडाध्यक्षमा दोहोरिएको छ । त्रियुगा नगरपालिका २ बाट अध्यक्षमा टिकाराम बुढाथोकी, वडा नं. ३ मा तिलक कटुवाल, वडा नं. ४ मा बद्री बस्नेत, वडा नं. ६ मा कृष्ण बुढाथोकी, वडा नं. ७ मा गम्भीर दनुवार, वडा नं. ८ मा राजकुमार राउत, वडा नं. ९ मा राजकुमार दनुवार र वडा नं. ११ मा सुमन्त कोइराला, वडा नं. १२ मा चुडा काफ्ले, वडा नं. १३ मा नविन चौधरी, वडा नं. १४ मा गीता मगर र वडा नं. १६ मा राम बहादुर मगरको उम्मेदबारी परेको छ ।

नेकपा एमालेको अध्यक्षको नामावली

नेकपा एमालेबाट १६ वटै वडामा उम्मेदबारी दर्ता गराएको छ । एमालेबाट वडा नं. २ र ४ को निवर्तमान वडाध्यक्षलाई निरन्तता दिइएको छ । वडा नं. २ बाट धुर्व खत्री, वडा नं. ४ बाट सुभास राउतले निरन्तता पाएको छ भने वडा नं. १ मा दिलिप चौधरी, वडा नं. ३ बाट धर्म तामाङ, वडा नं. ५ मा चुडामणि चौधरी, वडा नं. ६ मा योगेन्द्र दाहाल, वडा नं. ७ मा अम्बर दनुवार, वडा नं. ८ मा नवराज कार्की, वडा नं. ९ मा भरत दनुवार, वडा नं. १० मा किरण पाण्डे, वडा नं. ११ मा दिलबहादुर तामाङ, वडा नं. १२ मा रमेश राउत, वडा नं. १३ मा रामप्रसाद कट्टेल, वडा नं. १४ मा मेगजित राई (कुमार), वडा नं. १५ मा गिरीराज बस्नेत र वडा नं. १६ मा विष्णु थापा मगरको उम्मेदबारी परेको छ ।

तपाईको प्रतिक्रिया