त्रियुगाको बजेटमा बरुवा क्याम्पसलाई इन्जिनियरिङ क्याम्पस बनाउने, व्यवसायी कर र घर बहाल करमा छुट
उदयपुर । त्रियुगा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्व १८ करोड ९६ लाख ९४ लाख ४५० रुपैया बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । बजेटमा बरुवा क्याम्पसलाई इन्जिनियरिङ क्याम्पस बनाउनको लागि भौतिक पूर्वाधार बिकासका लागि समपुरक अनुदान शिर्षक अन्तर्गत १ करोड ५३ लाख बिनियोजन गरेको छ ।
अहिलेसम्म २ सय २५ किलोमिटर नयाँ सडक ट्रयाक खोलिएको छ भने २ सय २५ किलो मिटर सडकमा ग्राभेल गरिएको छ । ...













