उदयपुर । सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी-घुर्मी सडक खण्ड स्थानीयले सडक बिस्तारका क्रममा धुलाम्मे भयो भन्दै समय समयमा धुलो कम गर्न पानी हाल्न र समयमै काम सम्पन्न होस भनि चेतावनी स्वरुप बन्द गरेका छन । राजमार्गको कटारीको मरुवामा स्थानियले टायर बालेर ३ घण्टा सडक अबरुद्ध गरेका थिए। ठुलो ठुला खाल्डाखुल्डीसँगै साईकल एवम मोटर साइकलमा हिन्नेको दुःखेसो अर्कै छ , एक सरो लाएको कपडा फेरी लगाउला भन्नु त सपना सरी भएको छ कटारी ४ मरुवाका स्थानिय युवा कौशल कोइरालाले बताए। कहिले कही माईक्रो,ट्याम्पो, बसमा यात्रा गर्दा धुलोले त्यसमा पनि यात्रा गरि नसक्नु भएको छ ।सडकमा आवतजावत गर्ने यात्रु मात्र होइन्, त्यो लाइनमा सञ्चालन गरिएका होटल ब्यवसाय पनि चौपट भएको ब्यवसायी बताउछन । उनीहरू सडकमा दिनभरी उडने धुलोका कारण आफ्नो ब्यापार डुब्ला भन्ने चिन्ता थपिएको बताउछन । ठेकेदारले धुलाम्मे सडकमा पानी हाल्ने सहमति गरेको भएपनि पानी नहालेको व्यवसायी जमान सिंह बस्नेतले बताए । धुलोले कुहिरो लागे जस्तै हुन्छ सडक समयमा नबन्दा स्थानियको आफ्नो खानामा समेत धूलो पुग्ने गरेको स्थानिय युवा आशिक कटुवाल ले बताए।

कटारी अस्पताल चोक देखी ३२ सय मीटर सडक कालो पत्रे गर्ने भनेर ठेकेदारले काम शुरू गरेर बीचमै अलपत्र बनाएर छाडेपछि स्थानियहरु धूलोबाट आजित बनेका छन।

सडक अबरुद्ध भएपछि दिनमा २ पटक धूलो उड़न नदिन पानी हाल्ने सहमति भए सँगै सडक सुचारु भएको कटारी ४ का वडा अध्यक्ष कृष्ण राज दनुवारले जनाकारी दिए।

उक्त सडक खण्डमा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मार्फत रौता सुसम आदित्य रेग्मी जेभीले काम गरेको हो।

प्रदेश १ सरकारको भौतिक पूर्वाधार मन्त्रालय मार्फत ३ करोड २४ लाख ६ हजार ५ सय ७४ को लागतमा त्यहाँ काम थालिएको हो । २०७६ चैत्र ६ गते सम्झौता गरेको ठेकेदार कम्पनीले यहि असार ३० गते काम गरिसक्नुपर्ने भए पनि अहिले सम्म काम नसक्दा स्थानियहरु धूलो धुँवाबाट आजीत बनेका छन। ३२ सय मिटरमा कालोपत्रे गरिने उक्त सडक खण्डको काम समयमा ठेकदारले नगर्दा समस्या भएको स्थानियको गुनासो छ।

तपाईको प्रतिक्रिया