क्यान इन्फोटेक सुनसरीको पहिलो गाँसमै ढुंगा: मन्त्रीले गरे खाली स्टलहरूको अवलोकन
बडो ताम झामका साथ बिहीबार देखि सुरु भएको क्यान इनफाेटेक सुनसरी पहिलो दिन नै आन्तरिक अवलोकनकर्ता नपाएपछि सुनसान बनेको छ । क्यान सुनसरी भित्रै जुँगाको लडाइ चल्दा र अहिलेको नेतृत्वकर्ता माथि प्रश्न उठाउँदै सदस्यहरू रुष्ट बनेपछि यो वर्ष लगाइएको क्यान इन्फाेटेक सुनसरी २०२४ असफलता तर्फ धकेलिएको छ । ६५ वटा स्टल राखिएको क्यान इन्फाेटेक २०२४ मा २१ वटा बाहेक सबै स्टल खाली देखिएका छन् । परिवारका सदस्य र आफन्...