उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरमा थप दुई उद्योग वाणिज्य संघ आवद्ध भएका छन् । उदयपुरगढी उद्योग वाणिज्य संघ नेपालटार र रौतामाई उद्योग वाणिज्य संघ मुर्कुची जिल्ला उद्योग वाणिज्य संघमा आवद्ध भएका छन् ।
संघको विद्यान परिच्छेद ३ को सदस्यता सम्बन्धिको दफा ६ को उपदफा (च) बमोजिम स्थानीयत तहमा शाखा वा उपशाखा सदस्य रहने व्यवस्था बमोजिम उदयपुरगढी र रौतामाई उद्योग वाणिज्य संघ जिल्लाको सदस्यमा आवद्ध भएको जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका महासचिव सुनिल साहले जानकारी दिए । दुवै उद्योग वाणिज्य संघमा बुधबार एक कार्यक्रम विच जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष चुडामणि कार्कीले आवद्धताको प्रमाण पत्र हस्तान्तरण गर्नु भएको जनाएको छ । उदयपुरगढी उद्योग वाणिज्य संघका अध्यक्ष अम्बर बहादुर खत्री र रौतामाई उद्योग वाणिज्य संघका महासचिव महेश पंजियारलाई जिल्ला उद्योग वाणिज्य संघमा आवद्धताको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
महासचिव साहका अनुसार जिल्ला उद्योग वाणिज्य संघको शाखाको संख्या ५ पुगेको जनाएको छ । त्रियुगा, लिम्चुङबुङ र ताप्ली उद्योग वाणिज्य संघ गठन भई सकेको छ भने उदयपुरगढी र रौतामाई उद्योग वाणिज्य संघ यस जिल्ला संघमा आवद्ध भएको महासचिव साहले बताए ।
यस्तै जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको सल्लाहकारको रुपमा व्यवसायी लाल काजी राई (किशोर) र इन्जिनियर शम्भु कार्कीलाई पनि मनोनित गरेको छ । उनीहरुलाई अध्यक्ष कार्कीले मनोनय पत्र हस्तान्तरण गरेका थिए ।
जिल्ला उद्योग वाणिज्य संघ उदयपुरमा तीन वटा बस्तुगत संघहरु आवद्ध रहेका छन् । नेपाल काष्ठ फर्निचर व्यवसायी संघ उदयपुर, एल.पि. ग्यास विक्रेता संघ उदयपुर र कम्प्युटर एशोसिएशन महासंघ उदयपुर आवद्ध रहेका छन् । यस्तै संघमा १६ वटा उपसमितिहरु रहेको छ ।