उदयपुरमा पनि भेटियो नक्कली नोट
उदयपुर/उदयपुरमा पनि नक्कली नोट भेटिएको थियो । उदयपुरको सदरमुकाम गाईघाटमा रहेको एक अस्पतालमा एक महिना अगाडि नै हजारको नक्कली नोट भेटिएको थियो । सदरमुकाम गाईघाटको त्रियुगा अस्पतालमा उपचार गर्ने क्रममा अस्पतालमा आएका बिरामीबाट उक्त नक्कली नोट आएको अस्पतालका लेखापाल निमा शेर्पाले जानकारी दिईन् ।
शेर्पाका अनुसार सुरुमा आफुले उक्त नोट नचिनेको पछि बैंकमा रकम जम्मा गर्न जाँदा नक्कली नोट हो भनेर बैंकले भन...