उदयपुर/उदयपुरमा पनि नक्कली नोट भेटिएको थियो । उदयपुरको सदरमुकाम गाईघाटमा रहेको एक अस्पतालमा एक महिना अगाडि नै हजारको नक्कली नोट भेटिएको थियो । सदरमुकाम गाईघाटको त्रियुगा अस्पतालमा उपचार गर्ने क्रममा अस्पतालमा आएका बिरामीबाट उक्त नक्कली नोट आएको अस्पतालका लेखापाल निमा शेर्पाले जानकारी दिईन् ।
शेर्पाका अनुसार सुरुमा आफुले उक्त नोट नचिनेको पछि बैंकमा रकम जम्मा गर्न जाँदा नक्कली नोट हो भनेर बैंकले भनेपछि आफुले थाह पाएको बताईन् । उनका अनुसार एक हजारका एउटा नक्कली नोट विरामीको आफ्न्तले दिइएको बताईन् । अस्पतालमा दैनिक सयौको संख्यामा बिरामी आउने हुँदा नक्कली पैसा कस्ले दियो थाहा पाउन कठिन भएको उनले बताईन् ।
यता जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख एस्पी चन्द्रदेब राईले भने हाल सम्म नक्कली नोटको बारेमा प्रहरीमा कुनै जानकारी नआएको बताए ।









