बरुवा खोला विचमा गिट्टी बालुवा थुप्रिएपछि बाढी बस्तीमा छिर्ने सम्भावना बढ्यो

बरुवा खोला विचमा गिट्टी बालुवा थुप्रिएपछि बाढी बस्तीमा  छिर्ने सम्भावना बढ्यो
गाईघाट । त्रियुगा नगरपालिकामा चुरेक्षेत्र भएर बग्ने एक दर्जनभन्दा बढी खहरे खोलाको बाढीले हरेक वर्ष विपद् निम्त्याउँछन् । धनजनको क्षति, हजारौं बिघा जमिन कटान र डुबानको समस्या उदयपुरका लागि नौलो होइन । चुरे क्षेत्रको अप्राकृतिक दोहन, अतिक्रमण गरी तयार गरिएका पूर्वाधार, अव्यवस्थित बस्ती, चरिचरण, भूउपयोगको गलत अभ्यास लगायतका कारण चुरेको क्षयीकरण बढेको छ । जसका कारण बरुवा, ठाडी, फर्सेट, खेरजोरी ...

सोलु करिडोर समस्या समाधान प्रहरी परिचालन होइन, छलफलबाटै खोजौ : मेयर श्रेष्ठ

सोलु करिडोर समस्या समाधान प्रहरी परिचालन होइन, छलफलबाटै खोजौ : मेयर श्रेष्ठ
कटारी । कटारी नगरपालिका वडा नम्बर ४ मरुवा स्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माण २ वर्षयता रोकिएको छ । उक्त क्षेत्रमा स्थानीयले क्षति पुर्याउने भन्दै अन्यत्रैबाट टावर निर्माण गर्न र वस्तीमा टावर निर्माण गर्न नदिने अडान कायमै राखेका छन् । अहिले निर्माणधिन रहेको सोलु करिडोर प्रशारण लाइनको विवादित क्षेत्रमा सयौँको संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीयले क...

बेलका नगरपालिकामा थप ५ वटा कबुलियती वन ब्लक दर्ता प्रक्रिया अघि बढ्यो

बेलका नगरपालिकामा थप ५ वटा कबुलियती वन ब्लक दर्ता प्रक्रिया अघि बढ्यो
सुखिलाल चौधरी, उदयपुर -  उदयपुरको बेलका नगरपालिकामा थप ५ वटा कबुलियती वन ब्लक बनाउने प्रस्ताव अघि सारेको छ । डिभिजन वन कार्यालय उदयपुर, प्रदेश नं. १ वन निर्देशनालय एवं वन तथा भू–संरक्षण विभागबाट बेलका नगरपालिकामा थप ५ वटा कबुलियती वन ब्लक बनाउने प्रस्ताव अघि सारेको छ । बेलका नगरपालिका वडा नं. ३ मा ३ वटा ब्लक र वडा नं. ८ मा २ वटा ब्लक बनाउने प्रस्ताव अघि बढेको छ । बेलका नगरपालिका ३ मा १०७ दश...

पानीको बहाब एउटै पिलरमा ठोकिदा भासिएर झर्यो पुलको सल्याप, आवत जावत ठप्प

पानीको बहाब एउटै पिलरमा ठोकिदा भासिएर झर्यो पुलको सल्याप, आवत जावत ठप्प
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुलको सल्याप झरेको छ । निर्माणको अन्तिम चरणमा रहेको पुल दुई दिनदेखिको अविरल वर्षापछि शनिबार दिउँसो दक्षिण तर्फको सल्याप झरेको हो । सिवाई पट्टीको पहिलो पिल्लर बांगिएको र पुलको दोस्रो सल्याप झरेको पुल हेर्न जिम्मा पाएका गाईघाट दिक्तेल आयोजनाका प्रमुख गोविन्द्र प्रसाद खकुरेलले बताए । ‘ठेकेदार कम्पनीले यो असार महिनाभित्रै न...

त्रियुगा नदीको सिवाई पुल बगायो

त्रियुगा नदीको सिवाई पुल बगायो
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई र बेल्ही जोडने त्रियुगा नदीको पुल बगाएको छ । दुई दिनदेखिको अविरल बर्षातले सिवाई पुलको दक्षिण तर्फको पिलर भासिएर दुई वटा स्लाब नै बाढीले बगाएको छ । १२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको एउटा पिलर भासिएर दुई वटा स्लाब बगाएको छ । बाढीले स्लाप बगाउँदा एक जना घाईते भएका छन् । घाइते हुनेमा चौदण्डीगढी नगरपालिका ५ सिवाईका ४८ वर्षिय अख्तर मियाँ रहेका स्थानीय...

रौतामाई गाउँपालिकाको वजेट ५२ करोड ३३ लाख

रौतामाई गाउँपालिकाको वजेट ५२ करोड ३३ लाख
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले १४ वटा योजनालाई गाउँपालिकाका गौरवको आयोजनाको रुपमा अघि सारेको छ । गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले आगामी आर्थिक बर्षका लागि सार्वजानिक गरेको हो । प्रादेशिक र संघिय वजेट वाहेक १६ करोड ३३ लाख वजेट विनियोजन गरिएको छ । विभिन्न शिर्षकमा गरी ५२ करोड ३३ लाख ९ हजार रुपैँयाको अनुमानित वजेट तर्जुमा गरिएकोमा ३ करोड ९ लाख ९१ हजार रुपैँया घाटा वजेट प्रस्तुत गरि...

चौदण्डीगढी नगरपालिकाको बजेट ७४ करोड ७१ लाख

चौदण्डीगढी नगरपालिकाको बजेट ७४ करोड ७१ लाख
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को अनुमानित ७४ करोड ७१ लाख ९५ हजारको वार्षिक आयव्यय अघि सारेको छ । नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक वर्षका लागि आन्तरिक आयतर्फ १ करोड ७९ लाख ७५ हजार, संघीय सरकारको सशर्त अनुदान तर्फ ३१ करोड ९३ लाख, विशेष अनुदान १ करोड २५ लाख, समानिकरण अनुदान १५ करोड ६ लाख, राजस्व भाँडफाँटबाट ५ ला...

लिम्चुङबुङ गाउँपालिकाको बजेट ४२ करोड ८१ लाख

लिम्चुङबुङ गाउँपालिकाको बजेट ४२ करोड ८१ लाख
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अनुमानित बजेट ४२ करोड ८१ लाख २२ हजार रहेको छ । लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष रमिला राईले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा संघिय सरकारको तर्फबाट वित्तिय समानीकरण अनुदान तर्फ ७ करोड ३२ लाख, सशर्त अनुदान तर्फ १४ करोड ६३ लाख, राजश्व बाँडफाँड ५ करोड ५१ लाख ६५ हजार, विशेष अनुदान तर्फ २ करोड ४९ लाख र समपुरक अनुदान तर्फ...

उदयपुरगढी गाउँपालिकाको बजेट ६६ करोड ७ लाख

उदयपुरगढी गाउँपालिकाको बजेट ६६ करोड ७ लाख
नेपालटार । उदयपुरगढी गाउँपालिकाको गाउँसभाले ६६ करोड ७ लाखको बजेट पारित गरेको छ । गाउँपालिकाको बिहीबार सम्पन्न गाउँसभाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि बार्षिक नीति तथा कार्यक्रम सहित बजेट पास गरेको हो । पालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरको अध्यक्षतामा सम्पन्न गाउँ सभाले संघवाट आउने अनुदान, प्रदेशबाट प्राप्त हुने अनुदान र आन्तरिक आय समेटेर बजेट निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत माधव ...

ताप्ली गाउँपालिकाको बजेट ३३ करोड ५० लाख

ताप्ली गाउँपालिकाको बजेट ३३ करोड ५० लाख
उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ३३ करोड ५० लाख ५७ हजार बराबरको बजेट सार्बजनिक गरेको छ । गाउँसभामा गाउँपालिकाका अध्यक्ष उद्धव सिंह थापाले उक्त बजेट प्रस्तुत गरेका थिए । बजेटमा बित्तिय समानिकरण अनुदान तर्फ ७ करोड ९४ लाख, राजस्व बाँडफाँड तर्फ ६ करोड १० लाख ५१ हजार, सर्शत अनुदान तर्फ १६ करोड ४६ लाख, बिशेष अनुदान तर्फ १ करोड ३७ लाख, समपुरक अनुदान तर्फ ५६ लाख रह...