उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को अनुमानित ७४ करोड ७१ लाख ९५ हजारको वार्षिक आयव्यय अघि सारेको छ । नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक वर्षका लागि आन्तरिक आयतर्फ १ करोड ७९ लाख ७५ हजार, संघीय सरकारको सशर्त अनुदान तर्फ ३१ करोड ९३ लाख, विशेष अनुदान १ करोड २५ लाख, समानिकरण अनुदान १५ करोड ६ लाख, राजस्व भाँडफाँटबाट ५ लाख ७२ हजार ८१ हजार र अन्त शुल्कबाट ५ लाख ७२ हजार ८१ लाखको बजेट प्रस्तुत गरेकी थिईन ।

त्यस्तै प्रदेश सरकारको समानिकरण अनुदान ८७ लाख ६९ हजार, सवारी साधन अनुदान १ करोड ६७ लाख १३ हजार ६ सय ४० रुपैयाँ, प्राकृतिक श्रोतको राजस्व बाँडफाँट नदिजन्य पदार्थ उत्खनन्बाट १ करोड ६० लाख र घर जग्गा रजिष्ट्रेशन शुल्क बाँटफाँटबाट १ करोड गरी कूल ६६ करोड ७४ लाख १९ हजार ६ सय ४० रुपैयाँको बजेट प्रस्तुत भएको छ ।

यस्तै स्रोतमा भएको आम्दानी भन्दा १० करोड ९७ लाख ७५ हजार ३६० रुपैया नपुग रकम रहेको छ ।

नगर सभाले पुरानै योजनाहरुलाई प्राथमिक्तामा राखेको छ भने प्रत्येक वडाहरुलाई ५० लाख बराबरको बजेट सिलिङ तोकिएको छ । बजेटले शिक्षा, स्वास्थ्य, कृषि क्षत्रलाई प्राथमिक्तामा राखेको छ ।

आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेटका उद्देश्य तथा प्राथमिकतामा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका सबै उपाय अवलम्बन गरी जनजीवनलाई सुरक्षित र सहज बनाउने, सीप विकास, आय आर्जन, रोजगारी सिर्जना तथा स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी विकास कार्यलाई तीव्रता दिने उल्लेख गरिएको छ ।

त्यस्तै आर्थिक, सामाजिक, भौतिक पूर्वाधार तथा सुशासन सबै क्षत्रको समृद्धि हासिल गर्ने कार्यक्रमका सभाध्यक्ष तथा नगर प्रमुख खगेन्द्र राईले बताए ।

त्यस्तै आर्थिक सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न संघीय सरकार, प्रदेश सरकार र साथै छिमेकी स्थानीय तहसँगको सम्बन्ध बलियो बनाउने पनि उनले बतए ।

बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न संघीय र प्रदेश सरकारसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल, संघ संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने नगर प्रमुख राईले बताए ।

तपाईको प्रतिक्रिया