उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको आगामी वर्षको अनुमानित बजेट १ अर्व १८ करोड हुनेछ । त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्षको पूर्ण बजेट आज ल्याउन लागेको छ ।
त्रियुगा नगरपालिकाको आगामी बजेटमा शसर्त अनुदान तर्फ ५२ करोड ८० लाख, विशेष अनुदान तर्फ २ करोड ४९ लाख, संघीय समपुरक अनुदान तर्फ १ करोड ५३ लाख विनियोजन गरेको छ ।
यस्तै वित्तिय समानीकरण तर्फ २२ करोड २५ लाख, राजश्व बाँडफाँड तर्फ १६ करोड १४ लाख ५६ हजार र आन्तरिक स्रोत तर्फ ९ करोड ७० लाखको बजेट ल्याउन लागेको मेयर बलदेव चौधरीले जानकारी दिए ।
प्रदेश सरकार समानीकरण तर्फ १ करोड ३२ लाख ५९ हजार र प्रदेश सरकार सवारी साधन कर तर्फ १ करोड ७२ लाख ७९ हजार ४४० रुपैया बराबरको बजेट विनियोजन गरेको छ ।
आगामी वर्षको बजेटमा पहिलो प्राथमिकतामा विकास निर्माण, शिक्षा र स्वास्थ्य परेको छ ।
यस्तै बरुवा क्याम्पसलाई इन्जिनियरिङ क्याम्पसको रुपमा विकास गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया