उदयपुर । ‘स्वास्थ्य, शिक्षित, उद्यमशिल हाम्रो शहर, समुन्नत समावेशी समृद्ध त्रियुगा नगर’ मूल नाराका साथ उदयपुर सदरमुकाम गाईघाटलाई हरित शहरको रुपमा विकास गर्न अभियान बैशाख १ गते अर्थात नयाँ वर्षबाट शुभारम्भ भएको छ । ‘क्लिन सिटी, ग्रिन सिटी’ अर्थात स्वच्छ शहर, हरित शहर निर्माण अभियान अन्तर्गत नयाँ वर्षको अबसर पारेर त्रियुगा नगरपालिका उदयपुरले अभियान सुरु गरेको हो ।
एक कार्यक्रमका विच त्रियुगा नगरपालिका प्रमुख वलदेव चौधरी, उपप्रमुख देवीकुमारी चौधरीले संयुक्त अभियानको सुरुवात गरेको हो । बैशाख १ गते नयाँ बर्षको अबसरमा नयाँ कामको थालनी गर्ने योजनाका साथ अभियान सुरु गरिएको मेयर बलदेव चौधरीले जानकारी दिए । गाईघाट–दिक्तेल सडक खण्ड अन्तर्गत गाईघाटको मुख्य चोकबाट वृक्ष्यारोपण गरेर अभियान शुरु गरिएको हो ।
त्रियुगा नगरपालिका क्षेत्रका सबै स्थानमा सफा शहर निर्माणको लागि अभियान सुरु गरिएको मेयर चौधरीले बताए । अभियान अन्तर्गत गाईघाट बजार क्षेत्रमा हुने अव्यवस्थित सवारी पार्किङलाई सःशुल्क र निःशुल्क क्षेत्र निर्माण गरेर पार्किङ व्यवस्थित गर्ने, सबै घर अगाडि अनिवार्य दुई वटा विरुवा रोप्न नियमन गर्ने मेयर चौधरीले बताए ।
अभियान पहिलो दिन स्थानिय जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानिय युवा तथा नागरिकहरुले संयुक्त रुपमा मुख्य चोक क्षेत्रमा विरुवा रोप्ने काम गरिएको छ । त्रियुगा नगरपालिका क्षेत्र भित्र आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धन गर्दै नगरको सुन्दरता बढाउनका लागि पनि वृक्षारोपण गरिएको उपमेयर चौधरीले बताईन् ।
वृक्षारोपन गरिएको विरुवा नहुर्केसम्म त्यसको संरक्षण, गोडमेल नगरपालिकाले जिम्मा लिने उपमेयर चौधरीले बताईन् ।

तपाईको प्रतिक्रिया