उदयपुरगढी । ‘हाम्रो गाउँमा बौलाहा कुकुरले सखाप बनायो, सात जना मानिस र ४० वटा पशु चौपायालाई टोक्यो, घाईते मानिसलाई कटारी पठायौ, तर घाईते पशु चौपायाको उपचार गर्न आउनु पर्यो ।’ मंगलबार दिउँसो उदयपुरगढी गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक पारस फुयल फिल्डको कार्यक्रम सकेर पालिका कार्यालय के टेकेका थिए, उनको मोवाईलमा आएको सन्देश हो योे । कृषि शाखामा कार्यरत फुलयलाई फोन गर्ने व्यक्ति थिए, वडा नम्बर ३ का वडा अध्यक्ष मनोजकुमार कार्की ।

तत्काल फुयलले प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद सुवेदीलाई घटनाको जानकारी गराई पशु शाखामा समन्वय गरेर खोप सहित पशु प्राविधिकलाई गाउँ पठाउने व्यवस्था मिलाए ।

आईतबार उदयपुरगढी गाउँपालिका ३ जरुवागाँउका सात जना व्यक्तिलाई बौलाहा कुकुरले टोकेर घाईते बनायो ।

कुकुरले स्थानीय बालकुमार तामाङ्गको आमा लक्ष्मीमाया तामाङ, श्रीमती सुकमाया तामाङ, बहिनी मैया तामाङ, छिमेकी एक बहादुर मस्राङ्गी, धनबहादुर मगर र एक स्थानीय बालिकालाई टोकेर घाईते बनाएको वडा अध्यक्ष मनोज कार्कीले जनाकारी दिए ।

कुकरले टोकेर घाईते बनाएकाहरु मध्ये लक्ष्मी, सुकमाया र मैयालाई वडा कार्यालयको समन्वयमा काठमाडौ उपचार गर्न पठाईयो भने सामान्य घाईतेलाई कटारी अस्पतालमा उपचार गरिएको छ ।

बौलाहा कुकुरले टोकेका पशु चौपायालाई रेविज विरुद्धको भ्याक्सिन भेटेरीनरी अस्पतालमा प्रयाप्त मात्रामा नभएपछि खरिद गरेर लगाईने प्रास फुयलले जानकारी दिए ।

‘गाईघाट स्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गाईघाटमा २० वटा पशुलाई पुग्ने मात्र रेविजको भ्याक्सिन रहेछ ।’ फुयलले भने ‘हामीलाई चाहिने ४० वटा तर २० वटा मात्र भेटेरीनरी अस्पतालले दिने भयो, बाँकी भ्याक्सिन खरिद गरेर पशु चौपायालाई लगाउछौं ।’
‘बौलाहा कुकुरले मानिसलाई मात्र टोकेन् चार दर्जन भन्दा बढि पशु चौपायालाई समेत टोकेका छ ।’ स्थानीय बालकुमार तामाङ्गले भने ‘अहिले स्थानीय सरकार भएर हामीलाई विपद पर्दा धेरै सजिलो भएको छ ।’

गाउँमा जनप्रतिनिधि भएर गाउँलेहरुलाई समस्या पर्दा दुख सुखमा साथ पाईएको बताउदै तामाङ्गले भने ‘जनप्रतिनिधिहरुले साना साना समस्यामा सहजिकरण गरिदिनु हुन्छ, त्यस माथि उदयपुरगढी गाउँपालिकाका कर्मचारीहरु पनि समस्या पर्ने वित्तिकै गाउँ टोलमा पुगेर सेवा प्रदान गर्ने हुनाले हामीलाई ढुक्क छ ।’

गाउँमा विकास निर्माण लगायत जनताका कुनै समस्या आएपछि आफै पुगेर सेवा प्रदान गर्ने गरिएको उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले बताए ।

‘पहाडी गाउँपालिका भएकोले स्थानीयलाई अधिकतम सेवा पुग्ने गरि हामीले सेवा प्रवाह गरिरहेका छौ ।’ प्रशासकीय अधिकृत सुवेदीले भने ‘राजनैतिक दल र जनप्रतिनिधीले त नीतिगत रुपमा योजनाहरु छनौट गर्ने हो, तर हामीले योजनाहरुलाई सरल र सहज ढंगले कार्यान्वयन गर्ने गरेका छौ ।’

पालिकाले संचालन गर्ने योजनाहरुको वडा स्तरमा नै गएर सम्झौता गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासशकीय अधिकृत सुवेदीको दावी छ । ‘उपभोक्ता समितिका पदाधिकारीहरुलाई पालिकाको केन्द्रमा आउदा उपभोक्ताहरुले दुखर नपाउस भने योजना संचालन गर्ने वडा स्तरमै पुगेर योजना सम्झौता गर्ने गरेका छौ ।’ उनले भने ‘यसबाट उपभोक्ताहरुले गाउँमै स्थानीय सरकार आएको महशुस गरेका छन ।’

 

तपाईको प्रतिक्रिया