उदयपुर । सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि कूल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । अध्यादेश मार्फत अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा उदयपुरबासीको हकमा निराशाजनक छ । आर्थिक वर्ष २०७६÷७७ मा उदयपुरका गौरवान्वित १० वटा भन्दा बढी योजना भएपनि आगामी वर्ष आधा योजनापनि बजेटमा समेटिएको छैन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सिर्जिता निषेधज्ञाले धराशयी बनेको अर्थतन्त्रले विकास निर्माणका योजनामा उदयपुरको हकमा खासै फदायी बजेट छैन् । अन्य जिल्लामा १५–२० वटासम्म देखिने ठूलठूला आयोजनाहरु बजेटमा समावेश भएपनि उदयपुरलाई उपेक्षा गरिएको जिल्लाबासी बताउँछन् । अधिकांश जिल्लाबासीहरु जिल्लाका सांसदहरुले केन्द्रको बजेटमा आयोजनाहरु पार्न नसक्नु दुख लागेको बताउँछन् ।

आगामी आर्थिक वर्षमा समृद्ध तराई मधेश सिँचाई विकास कार्यक्रम अन्तर्गत उदयपुर लागत २५ जिल्लामा खेतीयोग्य भूमिमा सिँचाई सुविधाको लागि ५ हजार स्यालो टयुववेल र २ सय डिप टयुवेल जडान गर्न २ अर्व ३४ करोड विनियोजन भएको छ । यहि एउटा मात्रै आगामी वर्षको लागि उदयपुरको योजना हुन । बाँकीका योजनाहरु पहिलेकै योजनाहरु हुन् ।

चालु आर्थिक वर्षकै आयोजनाहरु राष्ट्रिय गौरवका योजना अन्तर्गत मदन भण्डारी राजमार्ग निर्माण चतरादेखि हेटौडासम्म आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएको छ । जुन डिपिआर अनुसार नै बजेट विनियोजन भएको छ ।

त्रियुगा नदीको कटानबाट उदयपुरको गाईघाट बजार लगायत अन्य बस्ती र कृषियोग्य भूमिको संरक्षण गर्न ८४ किलोमिट तटबन्ध तीन वर्षभित्र निर्माण गर्ने भनि बजेट वक्तव्यमा भनिएको छ । जनताको तटबन्ध अन्तर्गत त्रियुगा नदी नियन्त्रण अन्तर्गतकै डिपिआर अनुसार कै क्रमागत योजना हो ।

उद्योग अन्तर्गत आगामी वर्षका योजनामा उदयपुरमा म्याग्नेसाइट पत्थरको सम्भाव्या अध्ययन गरी उत्खनन् प्रारम्भ गरिने भनिएको छ । जुन चालु आर्थिक वर्षकै योजनाको निरन्तता हो । आर्थिक वर्ष २०७७÷७८ मा पनि चौदण्डीगढी नगरपालिका अन्तर्गत कम्पुघाटमा म्याग्नेसाइटको विस्तृत अध्ययन तथा अन्वेशषण गरिने बजेटमा भनिएको थियो । आगामी वर्ष पनि के कति बजेट विनियोजन भएको छ उल्लेख छैन् ।

मौसम सम्बन्धी सूचना संकलनका लागि पाल्पा र उदयपुरमा मौसम राडार जडान गरिने भनेपनि यो योजना आर्थिक वर्ष २०७६÷७७ को बजेटको निरन्तरता दिइएको देखिन्छ ।

कोशी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने भनिएको छ । यो पनि चालु आर्थिक वर्षकै कार्यक्रम हुन् ।

आर्थिक वर्ष २०७७÷७८ मा मिर्चैया–कटारी–घुर्मी–सल्लेरी सडक सुधार तथा स्तरोन्नतिका लागि आवश्यक रकम विनियोजन गरिएपनि आगामी वर्षको बजेटमा कहिकत्तै उल्लेख छैन् ।

आर्थिक वर्ष २०७६÷७७ मा सडक संजाल अन्तर्गत मदन भण्डारी राजमार्ग निर्माण, जनताको तटबन्ध अन्तर्गत त्रियुगा नदी नियन्त्रण, उदयपुर सिमेन्ट उद्योगको क्षमता विस्तार, कोशी करिडोर निर्माण, कोशी नदीमा जलयातायात पूर्वाधार विकास कार्यक्रम, जल तथा मौसमको साथै बाढी पूर्वानुमानका लागि राडर जडान, पर्यटन क्षेत्र लगायतका आयोजना प्राथमिकतामा परेका थिए ।

हेर्नुहोस् बजेटको पूर्णपाठ

तपाईको प्रतिक्रिया