उदयपुरमा बलात्कारको अवस्था डरलाग्दो, ७ महिनामा २३ बलात्कारका घटना

उदयपुरमा बलात्कारको अवस्था डरलाग्दो,  ७ महिनामा २३ बलात्कारका घटना
उदयपुर, उदयपुरमा बलात्कारको अवस्था निकै भयाभह देखिएको छ । यहाँ पछिल्ला ७ महिनाको बीचमा कूल २३ जना महिला तथा बालिका बलात्कृत भएको तथ्याङ्क देखिन्छ भने १० जनालाई जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको छ । श्रावण महिनामा जबरजस्ती करणीमा ४, भाद्रमा दुई र असोजमा २ वटा मुद्धा दर्ता भएको छ भने कार्तिकमा ७, पुसमा ५ र माघमा ३ वटा मुद्धा दर्ता जबरजस्ती करणीको घटना घटेको महिला तथा बालबालिका सेवा केन्द्रको...

लागुऔषधसहित मण्डल पक्राउ

लागुऔषधसहित मण्डल पक्राउ
राजेन्द्र महतो, लहान, लहानमा लागूऔषध सहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानको गस्ती टोलीले लहान नगरपालिका ८ स्थित भित्री सडक खण्डमा चेक जाँचको क्रममा सोही वडा बस्ने वर्ष १९ का दिपेन्द्र कुमार मण्डललाई लागूऔषध सहित पक्राउ गरेका हुन् । पक्राउ परेका मण्डलको साथबाट नाइट्राभेट ट्याब्लेट ३० चक्की, फेनारगन ९ एम्पुल, डाइजिल्याब ९ एम्पुल र नुर्फिन ९ एम्पुल बरामद गरेको इल...

खुल्ला व्याड मिन्टन प्रतियोगितामा कार्की र थापाको जोडीले चुमे उपाधि

उदयपुर, उदयपुर जेसीजद्वारा आयोजित खुल्ला व्याडमिन्टन प्रतियोगितामा बल बहादुर कार्की र चित्र थापाको जोडीले उपाधि चुमेको छ । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा संचालित दोस्रो उदयपुर जेसीज खुल्ला ब्याडमिन्टन प्रतियोगितामा भेट्रान्स डबल्स र ओपन मेन्स डबल्सको उपाधि कार्की र थापाको जोडीले चुमेका हुन् । भेट्रान्स डबल्स उप विजेतामा दिपक राई र बिक्रम सिंह खड्काले चित्त बुझाउनु पर्यो भने तेस्रो स्थान लक्ष जङ्...

उदयपुरमा भीषण आगलागी, ४ घण्टापछि आगो नियन्त्रण

उदयपुरमा भीषण आगलागी,  ४ घण्टापछि आगो नियन्त्रण
उदयपुर, उदयपुरमा शनिबार दिउँसो १ बजे भीषण आगलागी हुँदा ६६ लाख बराबरको क्षति भएको छ । रौतामाई गाउँपालिका २ डुम्रेमा अचानक कमल बहादुर कार्कीको घरबाट आगलागी हुँदा ५ जनाको घर र गाई गोठ, अन्नपात, खशी बाख्रा जल्दा ६६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीबाट कमल बहादुर कार्कीको एक घर, दुई गाई गोठ, बिदुर कार्कीको एक घर, एक गाई गोठ, दिपक कार्कीको एक घर, दुई गाई गोठ, राजे...

जनतालाई पानी खोज्‍न जनप्रतिनिधि ७ दिनसम्म जंगल–जंगल

खाँदबारी, संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो । राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ । गाउँभन्दा माथिका धेरै जंगल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको मेयर राईको भनाइ छ । ‘जलस्रोतको धनी देशका गाउँमा जनता पानी नपाएर प्याक–प्याक परेका छन्’, उनले भने, ‘पानीको चरम अभाव टार्न सकिन्छ कि भ...

नक्खु बम विस्फोट : सिंहप्रसाद गुरुङको मृत्यु

 ललितपुर : नक्खुमा भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ। शुक्रबार राति साढे ८ बजे भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए। अन्य दुईजना घाइतेको पनि उक्त अस्पतालमा नै उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको धानुकले बताए। शुक्रबा...

विप्लव समूहले एनसेल गेटमा बम विस्फोट गराएको आशंका, ३ घाइते, एकको अवस्था गम्भिर

काठमाडौं । नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति बम विस्फोट गराइएको छ । विस्फोटबाट दुई महिला र एक पुरुष घाइते भएका महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी रविन्द्रबहादुर धानुकले जानकारी दिए । प्रहरीका अनुसार विस्फोटमा परी काभ्रेकी २५ वर्षीया प्रतीक्षा खड्का, लमजुङ घर भई भैँसेपाटी बस्ने सिंहप्रसाद गुरुङ र मेडिसिटी अस्पतालकी नर्स २५ वर्षीया उरुषा मानन्धर घाइते भएका छन्। तीनै जनाको मेडि...

वीर अस्पतालको लिफ्ट चुँडियो : सप्तरीका दुई मजदुरको मृत्यु, एक घाइते

वीर अस्पतालको लिफ्ट चुँडियो : सप्तरीका दुई मजदुरको मृत्यु, एक घाइते
काठमाडौं- वीर अस्पतालको नवनिर्मित भवनमा रहेको लिफ्ट चुँडिदा सोही ठाउँ काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। ज्यान गुमाउनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र २० वर्षीय भूमिकुमार चौधरी रहेको प्रहरीले जनाएको छ। त्यसैगरी सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। चिकित्सकहरुका अनुसार उनको रक्तश्राव रोकिएको छ...

उदयपुरमा लागूऔषध सहित ४ पक्राउ

उदयपुरमा लागूऔषध सहित ४ पक्राउ
उदयपुर, उदयपुर जिल्लाबाट प्रहरीले बिहीवार छुट्टाछुट्टै समयमा प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका ११ साकेला टोलबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ भने लालपत्ता प्रहरी चौकीबाट एक जना गरी ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ...

सांसद ओलीको निधन

काठमाडौं । प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । २४ माघमा सवारी दुर्घटनामा परेका सांसद वलीको काठमाडौंमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको बताइएको छ । उनी दाङ क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएका थिए । नेकपाका नेता तथा सांसद ओली चढेको गाडी दाङमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ओलीलाई कोहलपुर मेडिकल कलेजमा उपचारको लगिएको थियो । त्यहाँ उपचार ...