सप्तरीको महुली पुलमा बस दुर्घटना, १३ जना घाइते
सप्तरी, सप्तरीको महुली पुलमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । ना.६ ख ३१८९ नम्बरको यात्रु बस काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको अवस्थामा आइतबार बिहान साढे पाँच बजे दुर्घटना भएको थियो ।
फिफा डिलक्स बस दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् ।
चालकसहित २४ जना सवार बस अनियन्त्रित भई पुलबाट खसेर दुर्घटना भएको यात्रुृले बताए । दुर्घटनामा घाइते झापाको अनारमनी नगरपालिका–३ का ३० वर...












