उदयपुरबाट जनकपुरका लागि हिँडेको तिर्थालु बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते
उदयपुर । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बुधबार विहान सप्तरीको सुरुङ्गा नगरपालिका ५ स्थित कुशहामा तिर्थालु बस दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको छ भने उदयपुरका तिर्थालु १३ जना घाइते भएका छन् ।
उदयपुरको बेलका नगरपालिका ९ स्थित रामपुर ठोक्सिलाका सहयोगी साकोसद्वारा जेष्ठ नागरिकहरु तिर्थ यात्रा भ्रमणका जनकपुर हिँडेको को. १ ख ४९३४ नम्बरको बसले सप्तरीको कुशहामा विपरित दिशाबाट आउँदै गरेक...












