बिधान्नद चौधरी, दक्षिण कोरिया । उदयपुरका एक युवा रोजगारिको शिलशिलामा दक्षिणमा हृदयघातबाट मृत्यु भएको छ । त्रियुगा नगरपालिका ११ बस्ने गाईघाट बस्ने ३८ बर्षिय भुपाल राईको हृदयघातबाट शनिबार मृत्यु भएको हो । राई ८ बर्ष अगाडि कोरियाको ह्वासाङ सि स्थित एक मोटर पार्टस बनाउने कम्पनीमा कार्यरत रहेको भुपाल राईको हृदयघातबाट मृत्यु भएको मृतकका भिनाजु दिनेश राईले बताए । मृतक राई पहिलो ४ बर्ष १० महिनाको कार्यकाल सकेर पुनः सोही कम्पनीमा कमिटेड वर्करका रुपमा आएक थिए ।
शनिबार बेलुकाको खाना खाए लगतै राई बेहोस भई ढलेका कम्पनीमा संगै काम गर्ने दिल तामाङले बताए । ‘बेहोस भएपछि हामीले ट्याक्सी बोलायौ, गम्भिर अवस्था देखेपछि ट्याक्सी चालकले ११९ मा फोन गरेर एम्बुलेन्स बोलाई दिए’ उनले भने, ‘अस्पताल पुग्नु अगाडि नेै मृत्यु भई सकेको रहेछ ।’
मृतकको लाशलाई पोस्ट मार्टमको लागि एक स्थानिय अस्पतालमा राखिएको र रिपोर्ट आएपछि सम्पूर्ण प्रक्रिया पूरा गरि नेपाल पठाउने तयारी भैरहेको श्रम सहचारी डिल्लीराज बास्तोलाले बताए । ‘बढीमा एक हप्ता लाग्न सक्छ जतिसक्दो लाशलाई नेपाल पठाउन चाडो पहल गर्ने छौ ।’ खतिवडाले भने ।
मृतक राईको नेपालमा श्रीमति ४ बर्षे छोरी र एक वर्षिय छोरा रहेको छन् ।

तपाईको प्रतिक्रिया