
कुशहा । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा मोटरसाइकलमाथि बस पल्टिँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । सुरुङ्गा नगरपालिका ५ स्थित कुशहामा भएको सवारी दुर्घटनामा ३ जनाको घटना स्थलमै ज्यान गएको छ ।
मोटरसाइकललाई बचाउने क्रममा यात्रुवाहक बस मोटरसाइकलमाथि नै पल्टेको थियो ।
सो क्रममा मोटरसाइकलमा सवार दुई जना र बसमा सवार एक जना गरी ३ जनाको मृत्यु भएको सप्तरीका एसपी राजेन्द्र बिष्टले जानकारी दिए ।
मृतकहरुको नाम खुल्न सकेको छैन् । बस पल्टिँदा केही बेर राजमार्गमा यातायात अबरुद्ध भएपनि अहिले सुचारु भएको छ ।









