image

डि.एन. चौधरी (दुर्गानन्द ) उदयपुर,  आज १०९ औं अन्तराष्ट्रिय महिला दिवस । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।यो बर्ष पनी उदयपुरमा विभिन्न कार्यक्रम गरि दिवस मनाईएको छ । मुल समारोह आयोजक समिति उदयपुरको आयोजनामा “लैङ्गिक समानताको लागी समान सोच र व्यबहार : समृद्धिको आधार” नारा संगै सदरमुकाम गाईघाटमा एक औपचारीक कार्यक्रमका विच दिवस मनाईएको हो । कार्यक्रमको सुरुमा प्रदेश सदस्य सासंद, जनप्रतिनिधि, महिला अधिकारकर्मि, मानव अधिकारकर्मि लगायतको सहभागितामा निकालिएको ¥यालि गाईघाट बजार परिक्रमा गरिएको थियो ।

सदरमुकाम गाईघाटको पिपल चोकमा आयोजित दिवसलाई सम्वोधन गर्नुहुदै प्रदेश नं १ की सांसद अम्विका थापाले राज्यले  महिलालाई कतिपय नितिगत कुरामा अधिकार दिएता पनी व्यवहारीक रुपमा अझै कार्यान्वयन हुन नसकेको वताउनुभयो । वहाले संविधानमा स्पस्ट रुपमा आमाको नामवाट नागरीकता लिनपाउने व्यवस्था भएपनि अहिलेसम्म त्यो व्यवहारीक हुन नसकेको भन्दै कार्वान्वयनमा दिनुपर्ने बताउनुभयो ।

त्यस्तै त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले परम्परागत रुपमा नभई नयाँ ढङगले अगाडी वढ्न सुझाव दिनुभयो । विश्वका थुप्रै देशमा महिलाहरुको अग्रसरतामा उद्योग धन्दा र औद्यौगिक क्षेत्र चलेको भन्दै मेयर चौधरीले सोहि अनुरुप अगाडी वढ्न आग्रह गर्नुभयो । मेयर चौधरीले, महिला र पुरुष विचमा प्रतिस्पर्धात्मक कार्याक्रम ल्याउन सुझाव दिदै चौधरीले त्रियुगा नगरपालिका सहयोगका लागि तत्पर रहेको वताउनुभयो । पुर्वशहरी विकास राज्यमन्त्रि मञ्जु कुमारी चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा महिला हक अधिकार र बाल बिवहा न्युनिकरण सम्बन्धि नाटक, गजल र कविता प्रस्तुत गरिएको थियो ।

माया भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओरेक नेपालका कार्यक्रम संयोजक सुमित्रा कोईरालाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने गैसस महासंघका केन्द्रिय सदस्य महेश्वरी राईले कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो ।
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध बुलन्द आवाज उद्घोष गरेको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । नारी दिवस हरेक वर्ष विश्वभरका महिलाले एउटा प्रथा परम्परा र चाडका रुपमा मनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया