उदयपुर, उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दुरपुर सिवाईमा भएको दोस्रो उपमेयर कप खुल्ला व्याडमिन्टन प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।
प्रतियोगिताको मेन्स डवल ओपन तर्फको विजेता सुनसरीका भजन चौधरी र श्रवण चौधरीको जोडी भएका हुन् । उनीहरुको जोडीले विनय चौधरी र जोन जसराजको जोडीलाई हराउँदै उपाधि चुमेका हुन् । यस्तै भेट्रान्स डवल ओपन तर्फ धनकुटाका योगेश्वर श्रेष्ठ र किरन प्रधानको जोडीले उदयपुरका बल बहादुर कार्की र चित्र थापालाई पराजित गर्दै प्रथम स्थान हासिल गरेका हुन् ।
मेन्स डवल ओपन तर्फ सुन्दरपुरका सुनिल कुमार चौधरी र बिमल खड्काको जोडी र सप्तरी फत्तेपुरका शम्भु चौधरी र लक्ष्मन कटुवालको जोडी तेस्रो स्थान हासिल गरे । भने भेट्रान्स डवल ओपन तर्फ दिपक राई र रमेश भट्टचनको जोडी र बिष्णु ढुङ्गेल र नवराज खड्काको जोडी तेस्रो भए ।
प्रतियोगिताको विजय खेलाडीहरुलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख तथा प्रमुख अतिथि खगेन्द्र राई, विशिस्ट अतिथि नगर उपप्रमुख रिता कुमारी चौधरी र वडा अध्यक्ष देव नारायण चौधरीले प्रमाणपत्र, मेडल र नगद सहित पुरस्कार प्रदान गरेका थिए ।










