राजेन्द्र महतो, लहान । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी टोलिले मंगलबार विष्णुपुर गाउँपालिका १ का नागे साह र अर्नामा गाउँपालिका २ को मिथलेस साह कलवारको घरबाट करिव ३० लिटर तयारी अबस्थामा रहेको घरेलु मदिरा तथा ४ हजार लिटर कच्चा पदार्थ नष्ट गरेका छन।
प्रहरीले सो क्षेत्रबाट मदिरा बनाउन प्रयोग हुने सख्खर १ सय ५० केजी, कच्चा पदार्थ राख्ने डरम १६ थान र मदिरा बनाउन प्रयोग हुन् यन्त्र २ थान समेत प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको मदिरा स्थानिय बासी तथा बुद्धि जिबिहरुको रोहबरमा नष्ट गरेको र भाडा कुडा तथा मदिरा बनाउने यन्त्र प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलले जानकारी दिएका छन ।









