उदयपुर, नेपालमा सामाजिक सुरक्षाभत्ता (बृद्धभत्ता) का प्रबर्तक पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । झण्डै ३ सातायता विरामी परेर काठमाडौंको ह्याम्स अस्पतालमा उपचारारत ८२ वर्षीय अधिकारीको शनिबार साँझ निधन भएको आफन्तका सहयोगी महेश विष्टले बताएका छन् ।
उनको निधनबारे अस्पतालले भने आधिकारिक पुष्टि गरेको छैन । विष्टका अनुसार विगत १६ दिनदेखि अधिकारीलाई भेन्टिलेटरमा राखेर उपचार गराइदैथियो । ३ दिनयता अधिकारीको स्वास्थ्य अवस्था विग्रदै स्थीर रहेको जानकारी आएपछि विदेश रहेका उनकी ठूली छोरीलाई नेपाल झिकाइएको थियो ।
फाक्सो र मुटुरोगी अधिकारी २ पटक उपप्रधानमन्त्रीसहित ४ पटक मन्त्री भईसकेका थिए । पहिलो कम्युनिष्ट सरकारका प्रधानमन्त्री भरतमोहन अधिकारीका सहोदर भाई भरतमोहन अर्थमन्त्री भएकै बेला नेपालमा ‘आप्mनो गाउँ आफै बनाउँ’ र ७५ वर्ष कटेका जेष्ठ नागरिकलाई ‘बृद्धभत्ता’ दिन थालिएको थियो । जुन कार्यक्रमले तत्कालीन एमालेलाई लोकप्रिय बनाएको थियो ।
पछिल्लो पटक एमालेले ल्याएको ‘नौ स’ कार्यक्रम पनि उपप्रधानमन्त्री भएका बेला उनकै अवधारणा अनुसार ल्याइएको पार्टीले जनाएको छ । उनको निधनले नेकपालाई अपुरणीय क्षति पुगेको छ भने राज्यले अनुभवी, दूरदर्शी, त्यागी र अनुकरणीय नेता गुमाएको व्याख्या राजनीतिक क्षेत्रमा गरिएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का वरिष्ठ नेता माधवकुमार नेपालले भरतमाेहन अधिकारीकाे निधनबाट मुलुकले कुशल नेता गुमाएको बताउनु भएको छ ।

वरिष्ठ नेता नेपालले अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दैन शाेक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।  नेता नेपालले अधिकारी निधन लगत्तै विज्ञप्ति जारी गरी  मनमाेहन नेतृत्व सरकारलाई लाेकप्रिय बनाउन भरतमाेहनकाे उल्लेखनीय भूमिका रहेकाे त्यसमा अाफूले समेत सहकार्य गरेको उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया