सप्तरी, सप्तरीमा शुक्रबार साँझ एक आपसमा ट्रक र मोटर साइलक ठोकिदा आमाको घटना स्थलमै मृत्यु भएको छ भने बाबु छोरा घाइते भएका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिका ६ बकधुवामा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार आमाको मृत्यु भएको छ भने बाबुछोरा घाइते भएका छ्न ।
बोदेबर्साइन नगरपालिका १ धनगढी घर भएकी ४२ वर्षीय दुर्गानन्द मण्डलकी श्रीमति ३९ वर्षिय कपुरदेवी मण्डलको मृत्यु भएको छ भने उनका छोरा करिब १२ वर्षीय चेतनारायण मण्डल सामान्य घाइते भएका छन् ।
ट्रकले पूर्व–पश्चिम सडकअन्तर्गत सप्तरीको बक्धुवा खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को.५प १६८७ नम्बरको मोटरसाइकललाई ना.६ ख१३१७ नं. को मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार रहेकी आमाको घटना स्थलमै मृत्यु भएको छ भने बाबु छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ट्रक तथा चालक नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै झापाको बिर्तामोड नगरपालिका ७ मिलडाँडा स्थित पुर्व–पश्चिम भित्रि सडक खण्डमा ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार राती ८ बजेको समयमा ट्याक्टर आफैं अनियन्त्रित भई सडकको बायाँ साईडको कल्भर्टमा ठोकिंदा चालक विर्तामोड नगरपालिका ७ बस्ने वर्ष ३२ को अर्जुन मुर्मु गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते उनलाई मेचि अञ्चल अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा शुक्रबारै राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।









