काठमाडौं- वीर अस्पतालको नवनिर्मित भवनमा रहेको लिफ्ट चुँडिदा सोही ठाउँ काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

ज्यान गुमाउनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र २० वर्षीय भूमिकुमार चौधरी रहेको प्रहरीले जनाएको छ। त्यसैगरी सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन्।

उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। चिकित्सकहरुका अनुसार उनको रक्तश्राव रोकिएको छैन।

प्रहरीका अनुसार तीन जनै निर्माण मजदुर हुन्। गएराति करिब ८ बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको चार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए। दुई जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

तपाईको प्रतिक्रिया