उदयपुर, उदयपुर जेसीजद्वारा आयोजित खुल्ला व्याडमिन्टन प्रतियोगितामा बल बहादुर कार्की र चित्र थापाको जोडीले उपाधि चुमेको छ । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा संचालित दोस्रो उदयपुर जेसीज खुल्ला ब्याडमिन्टन प्रतियोगितामा भेट्रान्स डबल्स र ओपन मेन्स डबल्सको उपाधि कार्की र थापाको जोडीले चुमेका हुन् ।
भेट्रान्स डबल्स उप विजेतामा दिपक राई र बिक्रम सिंह खड्काले चित्त बुझाउनु पर्यो भने तेस्रो स्थान लक्ष जङ्ग ठकुरी र हरी प्रकाश गुप्ताको जोडी र केशब कार्की र गोबिन्द थापाको जोडी बन्न सफल भए ।
यस्तै ओपन मेन्स डबल्सको दोस्रोको उपाधि हिमाल श्रेष्ठ र सरोज खवासले हात पारे भने तेस्रोको उपाधिको लागि रुबेन राई र वसन्त कटुवालको जोडी र बादल खतिवडा र मनोज खड्काको जोडी भएका थिए ।
प्रतियोगितामा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले विजेता खेलाडीहरुलाई प्रमाण पत्र, शिल्ड र मेडल वितरण गरेका थिए । प्रतियोगितामा सिरहा, सप्तरी र उदयपुरका गरी ४० जोडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया