राजेन्द्र महतो, लहान, लहानमा लागूऔषध सहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानको गस्ती टोलीले लहान नगरपालिका ८ स्थित भित्री सडक खण्डमा चेक जाँचको क्रममा सोही वडा बस्ने वर्ष १९ का दिपेन्द्र कुमार मण्डललाई लागूऔषध सहित पक्राउ गरेका हुन् ।
पक्राउ परेका मण्डलको साथबाट नाइट्राभेट ट्याब्लेट ३० चक्की, फेनारगन ९ एम्पुल, डाइजिल्याब ९ एम्पुल र नुर्फिन ९ एम्पुल बरामद गरेको इलाका प्रहरी कार्यालयले पुष्टी गरेको छ । लागुऔषध सहित मण्डललाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।

तपाईको प्रतिक्रिया