उदयपुर, त्रियुगा नगरपालिकाका अन्तर्गतका होम स्टे संचालकहरुलाई समुदाय स्तरीय तालिम दिईएको छ । त्रियुगा नगरपालिकाको सहयोगमा सामुदायिक कानून अनुसन्धान केन्द्र (सिएलआरसी) को आयोजनामा सो तालिम दिइएको हो ।
त्रियुगा नगरपालिका अन्तर्गतका वडा नं. १ मा मैनहा जोगिदह, वडा नं. ४ मा बगहा, वडा नं. ८ बैरेनी, वडा नं. १५ को साउने बाझगरा र वडा नं. १५ को हुवासमा समुदाय स्तरीय एक दिवसीय तालिम दिईको हो ।
तालिमको प्रमुख अतिथि मनोज कुमार चौधरीले सप्तरी जिल्लामा रहेको जमुवा होमस्टेमा प्रत्यक्ष अवलोकन भ्रमण गरी होमस्टे संचालकहरुलाई वडा कार्यालयबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले त्रियुगा नगरपालिका १ पूर्व दक्षिण टोल र मैनाहामा रहेको थारु पर्यटन विकास तथा व्यवस्थापन समितिको होम स्टे संचालकहरुलाई निरन्तर सहयोग गरी उनीहरुको जिविकोपार्जनमा सहयोग पु¥याउने प्रतिवद्धता जाहेर गरेका थिए ।
कार्यक्रमको प्राविधिक सहयोग जैविक विविधता संरक्षण केन्द्र नेपाल (विसिसीएन) ले गरेको थियो । कार्यक्रमको अध्यक्षता सिएलआरसीका अध्यक्ष रविन्द्र कुमार चौधरीले गरेका थिए भने सहजीकरण विसिसीएनको होमस्टे विज्ञ नन्द लाल माझी, भिमसेन प्रसाद चौधरी र सि.एल.आर.सी.को कार्यक्रम निर्देशक राजेश चौधरीले गरेका थिए । तालिममा १०० जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया