उदयपुर – सरकारले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि)आजदेखि उदयपुरका एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन शुरुवात गरेको छ ।

आज जिल्लास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बोक्सबाट बालबालिकालाई ल्याई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको छ । मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपा स्वरुप सेवन गराइने विधिलाई ‘स्वर्ण विन्दु प्राशन’ आजबाट खुवाउन शुरुवात गरेको हो ।

बालबालिकालाई बौद्धिक क्षमता विकास, सामाजिक तथा मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन उदयपुरमा शुरुवात गरेको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा. गम्भीर झाले यस केन्द्रबाट पहिलो चरणमा ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन शुरुवात गरेको बताए । यस अभियानलाइ निरन्तर शुरु गर्ने डा. झाले जानकारी दिए ।

उनका अनुसार उदयपुरका ४५० जना बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाउने लक्ष्य लिएको छ । उनले ‘स्वर्ण विन्दु प्राशन’ खाएका बालबालिकामा बौद्धिक विकास देखिने आयुर्वेद मान्यता रहेको छ ।

उनका अनुसार एकदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र तीनदेखि पाँच वर्ष मुनिका बालबालिकालाई चार थोपा ‘स्वर्ण विन्दु प्राशन’ खुवाउनुपर्ने हुन्छ । स्वर्ण विन्दु प्राशन प्रत्येक महिनाको पुन्य नक्षत्रको दिन मात्रै खुवाइन्छ ।

स्वर्ण विन्दु प्राशन कार्यक्रम शुरुवातको सफलताको शुभकामना प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख मेख बहादुर मग्राती, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्ति विलास पोखरेल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका संचालक समिति सदस्य मुकुन्द्र प्रसाद ढकाल, आयुर्वेद डा. मनिस कुमार साह लगायतले दिएका थिए ।

तपाईको प्रतिक्रिया