
उदयपुर, उदयपुरमा बलात्कारको अवस्था निकै भयाभह देखिएको छ । यहाँ पछिल्ला ७ महिनाको बीचमा कूल २३ जना महिला तथा बालिका बलात्कृत भएको तथ्याङ्क देखिन्छ भने १० जनालाई जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको छ ।
श्रावण महिनामा जबरजस्ती करणीमा ४, भाद्रमा दुई र असोजमा २ वटा मुद्धा दर्ता भएको छ भने कार्तिकमा ७, पुसमा ५ र माघमा ३ वटा मुद्धा दर्ता जबरजस्ती करणीको घटना घटेको महिला तथा बालबालिका सेवा केन्द्रको प्रमुख उमा गुरुङले बताईन् । उनका अनुसार भाद्रमा ४ वटा र असोज, कार्तिक र मंसिरमा दुई दुई गरी १० वटा जबरजस्ती करणी उद्योगमा मुद्धा चलाएको बताईन् ।
यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा १७ वटा जबरजस्ती करणीमा मुद्धा दर्ता भएको थियो भने आर्थिक वर्ष २०७४÷०७५ मा २९ जनामाथि करणी भएको थियो । अहिलेसम्म जबरजस्ती करणी उद्योगमा ३७ वटा मुद्धा दर्ता भएको छ ।
यस्तै एक जनालाई अप्राकृतिक मैथुन गराएको आरोपमा मुद्धा दर्ता भएको छ । कतिपय बलात्कारका घटनामा आफ्न्त, छिमेकी, काका लगायत संलग्न रहेका छन् । अधिकांश बालबालिका बलात्कारमा परेका छन् ।









