रौतामाईमा स्वास्थ्य शिविरमा ८ सय ३५ जनाको जाँच
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ८ सय ३५ जनाले आफ्नो स्वास्थ्य जाँच गराएका छन् ।
गाउँपालिका केन्द्र वडा नं २ भुट्टारस्थित रसुवा माध्यमिक बिद्यालय परिसरमा सञ्चालित २ दिने शिविरमा १ सय ३५ रोगीलाई थप उपचारका लागि रेफर गरिएको छ ।
शिबिरमा स्त्री तथा प्रसुति सेवा, हाडजोर्नी तथा नसा, जनरल मेडिसिन, जनरल सर्जरी, रेडियोलोजी तथा ल्याव टेष्ट सेवा प्रदान गरिएको ग...













