उदयपुर । उदयपुरमा लागू औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका ५ शिवालय मन्दिरबाट प्रहरीले शनिवार लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले दमौटीबाट गाईघाट तर्फ आउँदै गरेको स.४ प ३१०१ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्ने क्रममा त्रियुगा नगरपालिका ४ बस्ने ३९ वर्षिय संजय कुमार झा र अर्का सोही वडाका ४० वर्षिय संजिव कटुवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी चन्द्रदेव राईले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट लागूऔषध लुपिजेसिक १४ एम्पुल, डाईजेल्याब १४ एम्पुल र फेनारगन १४ एम्पुल बरामद गरेको छ । मोटरसाईकलसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको एसपी राईले जानकारी दिए ।
लागू औषध प्रयोग कर्ता तथा ओसार पसार गर्नेहरुले हाइवेमा प्रहरी चेकिङमा पर्ने डरले रुट परिवर्तन गरेको हो । कदमाहा गाईघाट सडक खण्डमा कुनै पनि समय चेकिङ पर्ने डरले लागूऔषध प्रयोग कर्ता तथा ओसारपसारमा संलग्नहरुले रुट परिवर्तन गरेका हुन् ।
यस अघि सोही रुट हुँदै गत चैत्र १ गते दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ का २१ वर्षिय सरोज घिमिरे र २९ वर्षिय देवराज तामाङलाई लागूऔषध सहित पक्राउ परेका थिए । उनीहरुको साथबाट डाईजेपाम २० एम्पुल, लुफिन २० एम्पुल, फेनार्गन २० एम्पुल र सिरिन्ज थान १ (एक) को साथै स.२ प ६९३९ नम्बरको मोटर साइकल सहित पक्राउ परेको थियो ।

तपाईको प्रतिक्रिया