उदयपुर । प्रकृतिपुजक किराती समुदायले आप्mनो महान् पर्व ‘साकेला उभौली (धिरीनाम) ५०७९’ शनिबारदेखि धुमधामसँग मनाउन सुरु गरेका छन् । किरात मिथक अनुसार गर्मीयाममा चराचुरु्गी र जनावर गर्मी छल्न लेक (उचो भूभाग) तिर लाग्ने दिनको प्रतिक स्वरुप बैशाख पूर्णेका दिनलाई उभौलीको शुभारम्भ मान्ने गरिन्छ । जस अनुसार शनिबारदेखि सुरु भएको धिरीनामपर्व लगातार १ महिनासम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।
धिरीनाम यो वर्षको किराती नयाँ संवत ‘एलेदुङ ५०७९’ पछिको दोस्रो महत्वपूर्ण पर्व हो । एलेदुङ सुरु दिन माघ १ गते वर्षको पहिलो पर्व हो । यायोक्खाको त्रियुगा नगर प्रारम्भिक समितिले धिरीनामको अवसर पारेर शनिबार भूमिपुजा र साकेला सिली नाच्दै पर्व मनाउन सुरु गरेको छ । जस अनुसार शनिबार विहान त्रियुगा ११ साकेलाथान स्थित किरात सांस्कृतिक भवन परिसरमा भूमि पुजा गर्दै सामुहिकचुल्हापुजा गरिएको छ । यायोक्खाप्राकले नछुङ (धामी) र बुढापाकाको जमघटमा रातो भाले, कुखुराको अण्डा, कोदोको जाँड र रक्सी, अदुवातथामर्चा तर्पण गरी भूमिपुजा सम्पन्न गरेको छ ।

भूमिपुजा र चुल्हा पुजापछि जम्माभएका स्थानीयहरु धिरीनामको शुभकामना आदान प्रदान गर्दै एकार्कामा खुसी साटेर प्रसाद ग्रण गर्दै ढोल भ्याम्टा बजाएर सिलीनाचे । किरातीहरु प्रकृति पुजक भएका कारण वर्षा लागेपछि अन्नबाली लगाउने बेला सुरु हुने उभौलीमा वर्ष भरी शुभ्यफाप्य होस्, अन्नबाली सप्रियोस् र मान्छेलाई रोग व्याधी नलागोस् भन्ने प्रार्थना गर्दै नछुङ मार्फत भूमिपुजा गर्ने परम्परा छ । मन्दिर नधाउने यो समुदायले घरघमा आप्mनो चुल्हा पुजा गर्ने र सामुहिक रुपमा भूमि पुजा गर्ने हुँदा साकेला थानमा सामुहिक चुल्हाको केही वर्षअघि नै स्थापना गरिसकेका छन् । गाईघाट आसपासका किराती समुदायले यही सामुहिक चुल्हामा पुजा गर्ने गरेका छन् ।


यायोक्खा त्रियुगा नगर प्रारम्भिक कमिटीका अध्यक्ष प्रकाश राईले विहानै साकेला थानमा भेलाभएर नछुङमार्फत भूमिपुजा गरेर दिनभर साकेला सिली नाच्दै शुभकामना आदान प्रदान गरेको बताए । उनका अनुसार उभौलीलाई स्वागत गर्दै सुरु धिरीनाम कार्यक्रम जेठ ३१ गते भव्यरुपमा समापा गर्ने कार्यतालिका तयार गरिएको छ । यो एक महिनाको अवधिमा प्राकले त्रियुगा नगरपालिकाका १६ वटै वडाका गाउँ गाउँमा धिरीनाम मनाउने कार्यतालिका बनाएको उनले बताए ।
त्यस्तै यायोक्खा जिल्ला समितिले पनि विविध कार्यक्रम सहित यो वर्षको धिरीनामलाई पहिचान केन्द्रित बनाउँदै मनाउने निर्णय गरेको जनाएको । पहिचानको आन्दोलनलाई थपउजागर गर्दै धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने निर्णय गरिएको यायोक्खा उदयपुरका अध्यक्ष बलधन राईले बताएका छन् । उनका अनुसार गणतन्त्र र संघीयतामा पहिचानथप धरापमा पर्ने देखिएकाले यायोक्खाले यसवर्षको धिरीनामलाई किरात पहिचानको अभियान बनाउन लागेको हो । यायोक्खा केन्द्रीय समितिले १ नं. प्रदेशको नाम ‘किरात प्रदेश’ राख्नदुईवर्षदेखि देशव्यापी अभियानचलाई रहे पनि पछिल्लो प्रदेशसभा बैठकले प्रदेशको नामाकरण नगरी राजधानी मात्र तोकेर समापन गरेको भन्दै धिरीनामलाई पहिचान स्थापित गराउने अभियानको रुपमा मनाउन अपिल गरेको उनले बताए ।


गाईघाटसँगै उदयपुरको चौदण्डीगढी नगरपालिका बसाहा, बेलटार, बँदेलपानी, आमसाल, झोडापाता, अँधेरी, माडीबास, चौदण्डीगढीमा पनि भूमिपुजासहित धिरीनाम मनाउन सुरु गरिएको छ । यायोक्खा जिल्ला सचिव गंगा राईका अनुसार कटारी नगरपालिका, बेलका नगरपालिकाका विभिन्न वडामा पनि शनिबारदेखि धिरीनाम साकेला सुरु भएको छ । लिमचुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी र ताप्लीगाउँपालिकाकाविभिन्न वडाका किराती समुदायले पनि शनिबारदेखि धिरीनाम सुरु गरेर महिनाभरी मनाउन विभिन्न कार्यक्रम तय गरेको यायोक्खाले जनाएको छ । धिरीनामको अवसर पारेर यायोक्खाले भलिबल, फुटबल, नृत्य, गायन, हाजिरी जवाफ प्रतियोगिता जस्ता बौद्धिक र शारिरीक अभ्यासका कार्यक्रमहरु पनि कतिपय ठाउँमा गर्ने तय गरिएको जिल्ला यायोक्खाले जनाएको छ ।
धिरीनामकै अवसर पारेर वर्षेनीआयोजनाहुँदै आएको ‘गीता राई स्मृति साकेला सिली प्रतियोगिता’ आउँदो जेठ ३० गते प्रदेश व्यापी आयोजना गर्ने तय भएको छ । प्रदेशका विभिन्न जिल्लाका प्रतिस्पर्धीको सहभागिता रहने प्र्रतियोगितामा विजेतालाई प्रथम पुरस्कार र रनिङ सिल्ड गीताका आफन्तले प्रायोजन गर्नेछन् भने दोस्रो र तेस्रो पुरस्कारको नगद राशीको प्रायोजन स्वर्गीय प्रेमलाचामलिङ र स्वर्गीय बयानसिंह राईका आफन्तद्वयक्रमशः प्रेमकुमार राई र डा. कैलाश राईले गर्ने आयोजक अध्यक्ष प्रकाशले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया