लहान । सिरहाको लहान नरपालिका ४ मा बुधबार दिउँसो आफनै घरमा एक बालिका मृत फेला परेकी छिन् । ज्योति लाल महतोको १३ वर्षीय छोरी गुरिया कुमारी महतो आफ्नै घरमा मृत फेला परेकी हुन् ।
मृतक गुरीया विगत केही दिन देखि शरीरिक रुपमा अस्वथ्य देखिएको मृतकको आमा शिला देवि महतोले बताईन् । मृतक बालिकाको लाश पोष्मार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा पठाएको छ भने घटना बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।









