राजेन्द्र महतो, लहान । सिरहामा एक महिलालाई घाँटी थिचेर हत्या गरिएको छ । करजन्हा नगरपालिका ११ (बस्तीपुर)को चन्देश्वर यादवको श्रीमती २९ वर्षिय रितु देबी यादवलाई घाँटी थिचेर हत्या गरिएको छ ।
आफ्नै घरमा स्थानीयहरुले रितुलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । रितुलाई घाटी थिचेर हत्या गरेको हुन सक्ने भन्दै श्रीमान चन्देश्वर यादवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । स्थानीयलाई उध्रित गर्दै प्रहरीका अनुसार छोरा नजन्माएको कारण श्रीमान र श्रीमति विच कलह भैरहने हुँदा मृतकको श्रीमानले घाटी थिचेर हत्या गरेको आशंका गरिएको छ । उनको एक छोरी छन । मृतकको रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान पठाएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया