उदयपुर । उदयपुरमा आइतबार विहान करिव ६ बजेको समयमा दुर्घटना हुँदा सहचालक सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी घुर्मी खण्डको कटारी नगरपालिका १४ घुर्मी लामीडाँडामा ना.७ ख ७००० नम्बरको टिप्पर अनियन्त्रित दुर्घटनामा सहचालक सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सहचालक सिन्धुली दुधौली नगरपालिका ११ बस्ने २० वर्षिय लिला बहादुर सार्की र सोही टिप्परमा सबार कटारी नगरपालिका ५ भोर्ले बस्ने ३० वर्षिय डिक बहादुर बुढाथोकीको घटनास्थलमै मृत्यु भएको छ । टिप्पर दुर्घटना हुँदा लामीडाँडाबाट करिव १ किलो मिटर तल खसेको छ भने मृतकहरुको लाश अन्दाजी ७ सय मिटरमा अडकिएको अवस्थामा रहेको र टिप्पर टुक्रा टुक्रा परेको अवस्थामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीले जानकारी दिए । घटना स्थलमा रहेको लाश निकाल्नको लागि कटारीबाट प्रहरी परिचालन गरिएको इन्चार्ज चौधरीले बताए । उनका अनुसार चालक मृतक सहचालकका बुबा हर्क मिजार सार्की हाम फालेर बचेको छ । यस चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा परि ३८ जनाको ज्यान गईसकेको छ भने ६० जना भन्दा बढी गम्भिर घाईते भएका थिए ।

तपाईको प्रतिक्रिया