उदयपुर । उदयपुरमा विशालु सर्पको टोकाईबाट एक वृद्धाको मृत्यु भएको छ । कटारी नगरपालिका १ का बेलस्रोत घर भएकी ६५ वर्षिय सन्तमाया विश्वकर्मालाई विशालु सर्पको टोकाईबाट मृत्यु भएको हो ।
विकलाई शुक्रबार साँझ ७ बजेको समयमा घरको आँगनमा विशालु गोमन सर्पले टोकेको प्रत्यक्षदर्शीले बताए । सर्पले टोकाईपछि उनलाई उपचारको लागि कटारी स्थित बेलस्रोत नेपाल आर्मी क्याम्पको सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए । विकको अवस्था गम्भिर भएकाले थप उपचारको लागि बाहिर लैजाने क्रममा बाटैमा मृत्यु भएको मृतकका छोरी बुद्वमाया बिकले जानकारी दिईन । छोरी बिक कटारी नगरपालिका १ को वडा सदस्य समेत हुन ।
गत वर्ष कटारी नगरक्षेत्रमा एक दर्जन बढीलाई सर्पले टोकेकोमा ४ जनाको ज्यान गएको थियो । थियो । हरेक वर्ष सर्पदंशको उपचारको कुरा उठाएपनि जनप्रतिनिधिहरुले खासै चासो नदेखाएका कारण उपचार अभावमा धेरैको ज्यान गएको स्थानीय तिलक मगरले गुनासो गरे । ताराघारी आर्मी क्याम्प र काली सिद्धि गण बेलसोतमा सर्पले टोकेको उपचार हुने भए पनि दक्ष जनशक्ति र आवश्यक उपकण नहुँदा बर्षेंनी सर्पले टोकेर मृत्यु हुनेको संख्या बढ्दो छ ।









