ब्रेकिङ न्यूज : उदयपुरमा पहिरोमा पुरिएर एक बालक वेपत्ता, मुर्कुची बजारमा खोला पस्योे
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाको गुराँसेमा आइतबार राति साढे नौ बजे पहिरो गएर छौडिया खोला थुनिएको छ । पहिरोमा पुरिएर अर्जुन तामाङको ९ वर्षिय छोरा वेपत्ता भएको छ भने श्रीमति घाइते भएका छन् ।
तामाङको पहिरोले घर बगाउनुको साथै गाई, सुगुर लगायतको बगाएको छ । छौडिया खोला थुनिएको आशंका गरिएको छ । थुनिएको खोला खोलिएमा रौतामाई गाउँपालिकाको मुख्य बजार मुर्कुचीका व्यवसायी, स्थानीयहरु घर छोडेर सुरक्षित स...













