उदयपुरमा दुर्घटनामा परी ४२ जनाको मृत्यु (फोटो फिचरसहित)
उदयपुर । उदयपुरमा दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा साना ठूला दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटको तथ्याङ्क अनुसार १२ महिनामा एक सय बढी साना ठूला दुर्घटनामा परी ४२ जनाको ज्यान गएको देखिन्छ । जसमा पुरुष ३६ जना, महिला ४ जना र बालक २ जनाको ज्यान गएको थियो । यस्तै ८५ जना गम्भिर र...












