उदयपुर । सहिद मनोज झपेन्द्रको सम्झनामा बुधबार उदयपुरका कर्मचारीले विबिध कार्यक्रमको आयोजना गरि मनाएका थिए ।
नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बहुउद्देश्ीय सहकारी संस्थाको संयुक्त आयोजनामा विहान अन्तरक्रिया र दिउँसो रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्लाका ९० जनाले रक्तदान गरेको संगठनका कार्यवाहक अध्यक्ष कमला निरौलाले जानकारी दिईन ।
संगठनले बर्षेनी सहिदको सम्झनामा रक्तदानसँगै अन्य गतिबिधि सञ्चालन गर्दै आएको छ । रगतको अभावमा कोहि पनि विरामीको ज्यान गुमाउनु नपरोस भन्ने हेतुले संगठनले रक्तदान कार्यक्रम गरेको सचिब गणेशप्रसाद आचार्यले जानकारी दिए ।
रक्तदान पुर्व आयोजित अन्र्तरक्रियामा प्रमुख अतिथि प्रदेस सांसद बिमल कार्कीले स्थायी सरकारकोरुपमा रहेको नेपालको निजामती प्रशासनलाई अब्बल सावित गर्ने गरी जनताका कामलाई सघाउ पुर्याउन आग्रह गरे ।
संघियताको अभ्यासकाक्रममा कर्मचारी समायोजनसँगै समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारिएकाले सरकारले बोकेको त्यो सपनालाई साकार बनाउने दायित्व स्थायी सरकारकै भएको बताए ।
कार्यक्रममा प्रदेश सांसद अम्बिका थापा, सुनिता चौधरी, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टीका सचिब इश्वरमणि राउत लगायतले बोलेका थिए । सहभागिहरुले सहिद मनोज झपेन्द्रको स्मरण गर्दै उनीहरुको योगदानको चर्चा गरेका थिए ।









