उदयपुर ।उदयपुरमा लागूऔषध सहित चार युवा शनिबार दिउँसो पक्राउ परेको छ । त्रियुगा नगरपालिका १३ स्थित असारी किराँत चोकमा लागू औषध सेवन गरिरहेको अवस्थामा चार युवालाई लागूऔषधसहित पक्राउ परेको छ ।
लागूऔषधसहित त्रियुगा नगरपालिका १३ बस्ने २२ वर्षिय रविन राई, १६ वर्षिय सुगम राई, २४ वर्षिय दिनेश दनुवार र त्रियुगा नगरपालिका १० बस्ने १५ वर्षिय प्रदिप सुर्खेती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिए ।
उनीहरुको साथबाट फेनारगन १८ एम्पुल, लुपिजेसिक १८ एम्पुल र १८ एम्पुल डाईजोल्याप १८ एम्पुल लागूऔषधसहित पक्राउ परेको हो । उनीहरुलाई अनुन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया