उदयपुरमा लागूऔषधको दलदलमा युवा जनशक्तिको डर लाग्दो तथ्याङ्क

उदयपुरमा लागूऔषधको दलदलमा युवा जनशक्तिको डर लाग्दो तथ्याङ्क
सुखिलाल चौधरी, उदयपुर । त्रियुगा नगरपालिका १३ असारी घर भएका मिलन खतिवडा अहिले प्रहरी हिरासतमा छन् । प्रहरीलाई प्राप्त प्रारम्भिक बयान अनुसार खतिवडाले थोरै समयमा धेरै पैसा कमाउने र उच्च महत्वकांक्षी जीवनशैली जिउने अभिलाषामा लागू औषध तस्कर कार्य गर्दै आएका थिए । प्रहरीले त्रियुगा नगरपालिका ११ स्थित शिवालय टोलमा डेरा गरी बसेका खतिवडाको कोठाबाट नाइट्राभेट १६ पत्ता, स्पासो स्पोजीभन १३ पत्ता, रेस्कोकफ ड...

पुसबाट गाईघाटमै आँखाको अप्रेशन हुने

पुसबाट गाईघाटमै आँखाको अप्रेशन हुने
उदयपुर / उदयपुरको घाईघाटमै आउँदो पुषदेखि फेकोमेशिनद्वारा आँखाको उच्च स्तरीय उपचार हुने भएको छ । यस प्रविधिद्धारा उच्च स्तरीय उपचार हुने गरी नेत्रज्योति संघ उदयपुरले गाईघाटमै सुविधा सम्पन्न आँखा अस्पतालको भवन निर्माण गरिरहेको छ । गाईघाटमा अहिले आखाँ उपचार केन्द्र मात्रै रहेको कारण बिशेषज्ञ सेवा भने दिन नसकिरहेको अवस्थामा सबै खाले सेवाहरु सहितको उपचार हुने गरी आँखा अस्पताल भवन निर्माण भईरहेको नेपाल...

उदयपुरमा ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ

उदयपुरमा ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा प्रहरीले स.७.प. ८८०९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका सिराहाको भगवानपुर गाउँपालिका २ का २० वर्षीय मुकेशकुमार यादव र २३ वर्षीय रमेशकुमार महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट फेनारगन १ सय एम...

कटारीमा दुई विरामीमा भेटियो डेंगुको जिवाणु

कटारीमा दुई विरामीमा भेटियो डेंगुको जिवाणु
उदयपुर । उदयपुरको कटारीमा डेंगुको संक्रमण भएको विरामी फेला परेको छ । कटारी नगरपालिका ३ निवासी नीलम खड्का र चित्र बहादुर दाहालमा डेंगुको संक्रमण भएको हो । एक साता देखि लगातार ज्वरो आएर कटारी अस्पताल भर्ना भएका दुवैलाई डेंगू भए नभएको टेष्ट गर्न कटारी अस्पतालका डा. गौरब शाहले आग्रह गरेका थिए । उनीहरुले नजिकैको जीवन ज्योति प्याथोलोजी ल्याबमा रगत परीक्षण गराएपछि डेंगु एन्टीजन पोजेटीभ देखिएको डा. शाहले...

सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ

सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ
सुनसरी । नेपाली सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले मेजर अजित प्रताप सिंहलाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी अगाडीको पसलबाट पक्राउ गरिएको हो । उनको साथबाट डेढ ग्राम ब्राउन सुगरसहित थप दुईजना पक्राउ परेको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी बसन्त लामाले बताए । सिंह नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत हुन् । प्रहरी स्रोतका अन...

त्रिशुलीमा एका विहानै बस खस्यो : ३ को मृत्यु, १२ घाइते

त्रिशुलीमा एका विहानै बस खस्यो : ३ को मृत्यु, १२ घाइते
काठमाडौं । सर्लाहीबाट काठमाडौं जाँदै गरेको बस त्रिशुलीमा खसेको छ । ना.६ ख ७५६९ नम्बरको बस धादिङको सलाङघाटबाट त्रिशुलीमा खसेको हो । दुर्घटनामा ३ जनाको मृृत्यु भएको छ । १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बस अप्ठ्यारो ठाउँमा खसेको र डोरीको सहायतामा तल झरेर उद्धार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । चालक निदाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको...

लागुऔषध सहित परियार पक्राउ

लागुऔषध सहित परियार पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ का २२ बर्षीय सुदिप परियार लागु औषध सहित पक्राउ परेका छन् । सोमवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय जलजलेबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले परियारलाई जलजले चौकबाट लुपिजेसिक ५ एम्पुल, फेनारागन ५ एम्पुल र डाईजेल्याव ५ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी द...

एम्बुलेन्स दुर्घटनामा ११ घाईते

एम्बुलेन्स दुर्घटनामा ११ घाईते
उदयपुर । उदयपुर र सुनसरीमा मंगलबार विहान एम्बुलेन्स दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । झापाबाट आयुर्वेदिक उपचार गरी घर फर्केका मानिसलाई लिएर गाईघाट तर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स मंगलबार बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका ६ चुरे जंगलमा आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय जलजलेका इन्चार्ज नारायण प्रधानले जानकारी दिए । उनका अनुसार एम्बुलेन्समा सवार ...

उदयपुर कारागारमा १ सय २० जना कैदी बन्दी भाइरल ज्वरोको विरामी

उदयपुर कारागारमा १ सय २० जना कैदी बन्दी भाइरल ज्वरोको विरामी
उदयपुर । भाईरल ज्वरोले आईतबारदेखि जिल्ला कारागार उदयपुरका कैदीबन्दी ठूलो संख्यामा विरामी परेका छन् । ५० जनाको क्षमता भएको कारागारमा १ सय ७३ कैदी बन्दी रहेकोले १ सय २० जना विरामी परेका हुन् । करागारमा क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी भएपछि १ सय २० जना कैदी बन्दीहरुमा भाइरल ज्वरो र पखाला देखिएको छ । एकैसाथ धेरै कैदी बन्दीमा यसप्रकारको विरामी देखिएपछि प्रमुख जिल्ला अधिकारीसहितको पहलमा जिल्ला अस्पता...

सिन्धुलीमा श्राद्धकाे भाेजन खाँदा एकै गाउँमा १८ जना विरामी

सिन्धुलीमा श्राद्धकाे भाेजन खाँदा एकै गाउँमा १८ जना विरामी
सिन्धुली, रविन्द्र भट्टराई । सिन्धुलीमा श्राद्धको भोज खाँदा एकै गाउँका ४ परिवारका १८ जना विरामी परेका छन् । जिल्लाको दुधौली नगरपालिका ६ हर्षाही माझखर्कमा १८ आइतबार राति ४ परिवारका १८ जना विरामी परेका हुन् । स्थानिय डम्बर कुमारी दाहालको घरमा उनकै पति स्व. देव नारायण दाहालको पुण्य तिथिमा मासिक श्राद्धको भोज खाएका १८ जना बिरामी परेका हुन् । उनीहरुलाई गाउँकै एक घरमा सामूहिक रुपमै उपचार भईरहेको दुधौली...