उदयपुर / उदयपुरको घाईघाटमै आउँदो पुषदेखि फेकोमेशिनद्वारा आँखाको उच्च स्तरीय उपचार हुने भएको छ । यस प्रविधिद्धारा उच्च स्तरीय उपचार हुने गरी नेत्रज्योति संघ उदयपुरले गाईघाटमै सुविधा सम्पन्न आँखा अस्पतालको भवन निर्माण गरिरहेको छ ।
गाईघाटमा अहिले आखाँ उपचार केन्द्र मात्रै रहेको कारण बिशेषज्ञ सेवा भने दिन नसकिरहेको अवस्थामा सबै खाले सेवाहरु सहितको उपचार हुने गरी आँखा अस्पताल भवन निर्माण भईरहेको नेपाल नेत्र ज्योति संघका अध्यक्ष भगत राउतले बताए ।
उदयपुर अन्य जिल्लाहरुको समेत सेन्टर रहेकाले आखाँ अस्पतालको अति नै सदुपयोग हुने अध्यक्ष राउतले बताए । उदयपुरमा राम्रो आँखा अस्पताल नहुदा जिल्लाबासी लगाएत अन्य जिल्लाका मानिसहरु उदयपुर हुदै लाहान लगाएतका स्थानहरुमा उपचारका लागि जानु पर्ने समस्या अन्त्य हुने राउतले बताए ।
राउतले संसारका ठुला आँखा अस्पतालहरुले प्रयोग गर्ने फेकोमेशिनद्वारा उदयपुरमा पनि आँखाको उपचार हुने सबैमा जानकारी गराए । नेपाल सरकारद्धारा प्राप्त १ करोड बजेटले प्राविधिहरु खरिद गरिसकेको र भवन निर्माण सम्पन्न पश्चात मेशिनको प्रयोगद्वारा जटिल उपचार पनि सरल ढंगबाट हुने उनले बताए । ४० लाख बराबरको फेकोमेशिन सहित अन्य आबश्यक प्रविधिहरु समेत खरिद भईसकेको राउतले बताए ।
फेकोमेशिनले सानो घाउको पनि अत्याधुनिक प्रविधि प्रणालीबाट आँखा उपचार हुने हुदा गाइघाटमै अत्याधुनिक आँखा हस्पिटल निर्माण भईरहेको हो । यो मेशिन प्रविधि भएको हुदा यसबाट उपचार गर्दा सरल, राम्रो र छिटो निको हुने उनले बताए ।
भवनलाई सक्दो छिटो तयारी गरी यहि पुषको १६÷१७ भित्रै अप्रेशन सहितको सेवा सुचारु गर्ने र यदि प्राविधि गडबड र मौसमको खाराब जस्ता बाधा आएमा पनि माग १५ भित्र यो सेवा सुरु हुने राउतले प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया