उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ का २२ बर्षीय सुदिप परियार लागु औषध सहित पक्राउ परेका छन् । सोमवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय जलजलेबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले परियारलाई जलजले चौकबाट लुपिजेसिक ५ एम्पुल, फेनारागन ५ एम्पुल र डाईजेल्याव ५ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया