सुनसरी । नेपाली सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले मेजर अजित प्रताप सिंहलाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी अगाडीको पसलबाट पक्राउ गरिएको हो ।
उनको साथबाट डेढ ग्राम ब्राउन सुगरसहित थप दुईजना पक्राउ परेको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी बसन्त लामाले बताए । सिंह नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत हुन् । प्रहरी स्रोतका अनुसार सिंह लामो समयदेखि ब्राउन सुगर कारोबारमा संलग्न भएको बताइएको छ । लागुऔषध बिक्री भएरहेको सुचनाको आधारमा सेनाको पूर्वी पृतना अगाडीको पसलमा छापा मार्दा उनिहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्ति ब्राउन सुगर सेवनकर्ता हुन् वा अन्य प्रयोजनका लागि बोकेका हुन् थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









