उदयपुर । उदयपुर र सुनसरीमा मंगलबार विहान एम्बुलेन्स दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । झापाबाट आयुर्वेदिक उपचार गरी घर फर्केका मानिसलाई लिएर गाईघाट तर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स मंगलबार बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका ६ चुरे जंगलमा आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय जलजलेका इन्चार्ज नारायण प्रधानले जानकारी दिए । उनका अनुसार एम्बुलेन्समा सवार त्रियुगा नगरपालिका ६ का ५८ वर्षिय सदहरुल मिया, निजको छोरी २८ बर्षीया सहिजा मिया, सोही स्थान बस्ने ३५ बर्षीय मोहमद हमिद, बर्ष ४० की सहिपुन खातुन, बर्ष ७५ की हजरा खातुन, त्रियुगा नगरपालिका १२ की ३२ बर्षीय अम्बिका बि.क. र निजको छोरा ११ बर्षीय अशोक बि.क. घाईते भएका थिए । घाईते मध्ये सदहरुल मिया र निजको छोरी सहिजा खातुनको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ अन्य सामान्य उपचार पछि घर फर्केका छन् । चालक झापाका जहरमान लिम्बु र एम्बुलेन्स ईलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको छ । यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका १ बाट सुत्केरी ब्यथा लागेको बिरामी बोकेर बिराटनगर तर्फ आउँदै गरेको स.१ झ ५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका २ को थलाहा पुलमा मंगलबार बिहान ३ः१० बजे ठोक्किएर दुर्घटना हुँदा एम्बुलेन्समा सवार उदयपुरगढी गाउँपालिका १ की ३२ बर्षीया सबिना बास्तोला (सुत्केरी ब्यथा लागेको बिरामी), निजको श्रीमान ३६ बर्षीय खेम बहादुर बास्तोला, सोही स्थानका ३६ बर्षीय सिताराम बास्तोला घाईते भई बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचार भईरहेको छ भने चालक सोही स्थानका २८ बर्षिय नीर बहादुर पुलामी मगरको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया